February 23, 2025, 9:42 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

बङ्गलादेशमा पूर्व शासनका समर्थकहरूविरुद्ध कडा कारबाही

माघ २७, २०८१ मा प्रकाशित | ३८०दर्शक तीव्रखबर

ढाका,  : पूर्व नेता शेख हसिनाको अपदस्थ शासनसँग सम्बन्धित गिरोहहरूले प्रदर्शनकारीहरूमाथि आक्रमण गरेपछि बङ्गलादेशले आइतबार ठूलो सुरक्षा अभियान सुरु गरेको छ ।

“पतित स्वेच्छाचारी शासनसँग सम्बन्धित गिरोहले विद्यार्थीहरूको एक समूहमाथि आक्रमण गरी उनीहरूलाई गम्भीर रूपमा घाइते बनाएपछि अभियान सुरु भएको हो”, सरकारी विज्ञप्तिमा भनिएको छ ।

सन् २०२४ अगस्टको विद्यार्थी नेतृत्वको क्रान्तिमा हसिना अपदस्थ भएपछि सत्तामा आएको अन्तरिम सरकारका गृह मन्त्रालयका प्रमुख जहाँगीर आलम चौधरीले यसलाई ‘अपरेसन डेभिल हन्ट’ नाम दिनुभएको छ ।

“दानवहरूलाई जरैदेखि उखेल्न नसकेसम्म यो जारी रहनेछ”, चौधरीले पत्रकारहरूलाई भन्नुभयो । केही दिनको अशान्तिपछि व्यापक सुरक्षा अभियानहरू सुरु भएका हुन् ।

बुधबार ढाकामा भीडले हसिनाको दरबारमा आक्रमण गर्दा उहाँ भागेको छ महिनापछि प्रदर्शनकारीहरूले उत्खनन यन्त्रहरू प्रयोग गरेर उहाँको परिवारसँग जोडिएका भवनहरू भत्काएका थिए ।

मानवता विरुद्धको अपराधको मुद्दाको सामना गर्न गिरफ्तारी वारेन्टको अवहेलना गर्नुभएकी ७७ वर्षीया हसिना छिमेकी भारतबाट निर्वासनबाट फेसबुक प्रसारणमा देखा पर्ने रिपोर्टको प्रतिक्रियामा विरोध प्रदर्शन सुरु भएको थियो ।

भत्काइएका भवनहरूमा हसिनाका दिवङ्गत पिता तथा बङ्गलादेशका प्रथम राष्ट्रपति शेख मुजिबुर रहमानको सङ्ग्रहालय र पुरानो घर समावेश छन् ।

अन्तरिम सरकारले हिंसाको जिम्मेवारी हसिनालाई दिएको छ । शुक्रबार अन्तरिम नेता तथा नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसले पनि शान्तिको आह्वान गर्नुभयो ।

“विधिको शासनलाई सम्मान गर्नु नै हामीले मिलेर निर्माण गरिरहेका नयाँ बङ्गलादेशलाई फासीवादी शासनअन्तर्गतको पुरानो बङ्गलादेशबाट छुट्याउने कुरा हो”, युनुसले एक विज्ञप्तिमा भन्नुभयो, “हसिना शासनको विरुद्ध उठेर त्यसलाई पल्टाएका नागरिकहरूका लागि… एक अर्काको नागरिक र मानव अधिकारको सम्मान र कानूनअन्तर्गत काम गर्ने हाम्रा सिद्धान्तहरूप्रतिको हाम्रो प्रतिबद्धता अडिग छ भन्ने कुरा आफैँलाई र विश्वभरका हाम्रा मित्रहरूलाई प्रमाणित गर्नु अत्यावश्यक छ ।”

केही घन्टापछि हसिनाविरुद्धको विद्रोह भड्काउन श्रेय दिइएको प्रदर्शनकारी समूह स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेशनका सदस्यहरूमाथि ढाकाको गाजीपुर जिल्लामा आक्रमण भएको थियो ।

मुखर र शक्तिशाली समूहले त्यसयता कारबाहीको माग गरेका थिए । समूहका सदस्यहरू सरकारी मन्त्रिमण्डलमा छन् ।

प्रतिक्रिया