February 24, 2025, 10:18 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

राष्ट्रपति ट्रम्प र क्यालिफोर्निया राज्यबीच कानुनी लडाइँ

माघ २७, २०८१ मा प्रकाशित | ४१०दर्शक तीव्रखबर

क्यालिफोर्निया – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र क्यालिफोर्निया प्रान्तीय सरकार बीचमा कानुनी लडाइँ नै सुरु भएको छ। ट्रम्प प्रशासनले आप्रवासीलाई डिपोर्ट गर्ने निर्णय गरेपछि यसको विरुद्धमा लड्नका लागि क्यालिफोर्निया गभर्नर गेभिन न्युसमले ५० मिलियन अमेरिकी डलर खर्च गर्ने गरी हस्ताक्षर गरेका छन्।

सङ्घीय सरकारका विरुद्धमा कानुनी लडाइँ लड्न लागि २५ मिलियन अमेरिकी डलर खर्च गर्ने उनको निर्णयले टकराब बढेको हो।

यसैगरी, कानुनी समस्याको सामना गरी रहेकालाई बचाउन लागि परेका निकायलाई सहयोग गर्न अर्को २५ मिलियन अमेरिकी डलर तय गरिएको छ। पहिलो कार्यकालमा पनि राष्ट्रपति ट्रम्पको क्यालिफोर्निया राज्यसँग जलवायु नियम, पानी नीति र आप्रवासी अधिकारको विषयमा तनाव भएको थियो। यसरी टकराब भएपछि क्यालिफोर्निया राज्यले ट्रम्प प्रशासनको विरुद्धमा सय भन्दा बढी कानुनी लडाइँ लडेको थियो।

ट्रम्पको दोस्रो कार्यकालको सुरुवाती दिनमा नै त्यसै किसिमको कानुनी लडाइँ सुरु भइसकेको छ। न्युसमले यसअघि २.५ अर्ब अमेरिकी डलर विपत् पीडितलाई सहयोग गर्नका लागि हस्ताक्षर गरिसकेका छन्।

प्रतिक्रिया