February 23, 2025, 9:19 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

नेप्सेमा सामान्य गिरावट, फाइनान्समा उछाल

माघ २३, २०८१ मा प्रकाशित | ४४०दर्शक तीव्रखबर

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले घटेको छ। आज नेप्से ४.४५ अंकले घटेर २७११.४५ विन्दुमा पुगेको छ।

नेप्से घट्दा पनि फाइनान्स समूहमा भने उछाल आएको छ । आज फाइनासन्स समूह ५.६३ प्रतिशतले बढेको छ । आज १३ वटा समूहमध्ये ५ समूह बढ्दा फाइनान्समा उछाल आएको हो ।

कारोबारमा पनि गिरावट आएको छ । आज ९ अर्ब ९५ करोड ८० लाख रुपैयाँ बराबरको १ करोड ९१ लाख ८१ हजार ४१४ कित्ता शेयर कारोबार भएको छ ।

आज १३३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १२२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ७ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । यस्तै ३०९ वटा कम्पनी कारोबारमा आउँदा ९० हजार ७५२ पटक शेयर किनबेच भएको छ ।

प्रतिक्रिया