January 31, 2025, 2:38 am
» प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची » संसदको हिउँदे अधिवेसन आजवाट, प्रधानमन्त्रीसहित शिर्ष नेताले सम्बोधन गर्ने » आजको मौसमः कोशी र गण्डकीमा आंशिक बदली रहने » तेह्र वर्षपछि पलायो पानी » बङ्गलादेशमा कछुवाको मृत्युबारे अनुसन्धान

बङ्गलादेशमा कछुवाको मृत्युबारे अनुसन्धान

माघ १७, २०८१ मा प्रकाशित | ४८०दर्शक तीव्रखबर

बङ्गलादेशी वैज्ञानिकहरूले गत हप्ता समुद्र तटमा बगाएर फेला परेका ८० भन्दा बढी कछुवाको मृत्युको अनुसन्धान गरिरहेको सरकारी समुद्री अनुसन्धान संस्थानले बिहीबार बताएको छ।

ओलिभ रिडले समुद्री कछुवा तुलनात्मक रूपमा सानो र प्रचुर प्रजाति हो। यो विश्वभरको उष्णकटिबन्धीय पानीमा पाइन्छ र जङ्गलमा ५० वर्षसम्म बाँच्न सक्छ।

तर तिनीहरूको सङ्ख्या घट्दै गएको छ र यस महिनाको सुरुमा नजिकैको दक्षिण भारतमा समेत यिनीहरूको सामूहिक मृत्यु भएको थियो।

तटमा फेला परेका कछुवामध्ये ८० प्रतिशतभन्दा बढी फुल पार्न किनारमा आएका बङ्गलादेश समुद्रशास्त्र अनुसन्धान संस्थानका मोहम्मद शिमुल भुइयाँले बताए। “हामीलाई कारण निर्धारण गर्न थप समय चाहिन्छ”, उनले भने।

मलेसियास्थित समुद्री अनुसन्धान संस्था वल्र्डफिसका वैज्ञानिक सरिफ उद्दिनले यसको सम्भावित कारण अत्यधिक माछा मार्ने र समुद्र सफा गर्ने ट्रलर जालको प्रयोग भएको बताए।

“कछुवाहरू सास फेर्न पानीमा तैरन्छन् तर एकचोटि तिनीहरू माछा मार्ने जालमा फसेपछि तिनीहरू धेरै लामो समयसम्म पानीमुनि रहन्छन् र दम फुट्छ”, उनले भने, “यो दुःखद छ कि तिनीहरू यहाँ प्रजनन गर्न आउँछन् र मर्छन्।”

बङ्गलादेश मरिन फिसरिज एसोसिएसनका आबिद हुसेनले कछुवाको जनसङ्ख्यामा आएको अवरोधले स्थानीय समुद्री पारिस्थितिकी प्रणालीमा गम्भीर क्षति पुग्ने जोखिम रहेको बताए।

“गत वर्ष समुद्री पानीमा जेलिफिसको वृद्धिका कारण समुद्री माछाको उत्पादन आधा भएको थियो”, उनले भने, “कछुवाहरूले जेलिफिस खान्छन्, जसले माछाका लार्भाहरूलाई बाँच्न मद्दत गर्छ। यदि हामी हाम्रो माछाको भण्डार टिकाउन चाहन्छौँ भने हामीले कछुवाहरूलाई बचाउनुपर्छ।”

प्रतिक्रिया