January 31, 2025, 2:29 am
» संसदको हिउँदे अधिवेसन आजवाट, प्रधानमन्त्रीसहित शिर्ष नेताले सम्बोधन गर्ने » आजको मौसमः कोशी र गण्डकीमा आंशिक बदली रहने » तेह्र वर्षपछि पलायो पानी » बङ्गलादेशमा कछुवाको मृत्युबारे अनुसन्धान » शिक्षामन्त्रीको वाचा र शिक्षक आन्दोलन घोषणा एकैदिन

टिकटक भिडियोलाई लिएर बुबाले गरे अमेरिकी छोरीको हत्या

माघ १७, २०८१ मा प्रकाशित | ६९०दर्शक तीव्रखबर

काठमाडौं : टिकटकमा भिडियो बनाएकै कारण एक पाकिस्तानी बुबाले १३ वर्षीया छोरीको गोली हानी हत्या गरेको खुलेको छ। अमेरिकामा बस्दै आएको परिवारलाई पाकिस्तानमा बोलाएर ती बुबाले छोरीको हत्या गरेको बीबीसीले जनाएको छ।

पाकिस्तानको क्वेटामा १३ वर्षीया छोरी हीरा अनवरलाई हत्या गरेको प्रहरले जनाएको छ। उनका बुबा अनवर उल हकले प्रहरीसामु छोरीको हत्या गरेको स्वीकारेका हुन्। यसअघि उनले अज्ञात व्यक्तिहरूले गोली हानी हत्या गरेको बयान दिएका थिए।

अनवरले छोरीले टिकटकमा पोस्ट गर्ने भिडियोहरूप्रति आपत्ति जनाउँदै आएका थिए। अमेरिकी नागरिकतासमेत रहेको उनले प्रहरी बयानमा भनेका छन्, ‘छोरीले टिकटकमा हालेका भिडियोहरू आपत्तिजनक थियो।’ अनवरले छोरीको पहिरन, जीवनशैली र सामाजिक जमघटमा आपत्ति जनाउँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनको परिवारमा २५ वर्षदेखि अमेरिकामा बस्दै आएको थियो।

प्रतिक्रिया