January 31, 2025, 2:40 am
» प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची » संसदको हिउँदे अधिवेसन आजवाट, प्रधानमन्त्रीसहित शिर्ष नेताले सम्बोधन गर्ने » आजको मौसमः कोशी र गण्डकीमा आंशिक बदली रहने » तेह्र वर्षपछि पलायो पानी » बङ्गलादेशमा कछुवाको मृत्युबारे अनुसन्धान

विमान र हेलिकोप्टर दुर्घटना : कोही पनि नबाँचेको अधिकारीहरुको भनाइ

माघ १७, २०८१ मा प्रकाशित | ४७०दर्शक तीव्रखबर

वासिङ्टन – अमेरिकामा बुधबार राति भएको विमान दुर्घटनामा कोही पनि जीवित हुने सम्भावना न्यून भएको अधिकारीहरूले बताएका छन् ।

अमेरिकाको वासिङ्टन डिसीमा स्थानीय समयअनुसार बुधबार राति यात्रुवाहक विमान र हेलिकप्टरबिच ठक्करपछि दुर्घटना भएको थियो। यसअघि जीवितहरूको उद्धारमा लागेका उद्धारकर्मीहरूले अब शवहरू निकाल्नमा केन्द्रित भएको अमेरिकी सञ्चारमाध्यम सीएनएनले बताएको हो ।

बमबार्डियर कम्पनीको सिआरजे ७०० विमान वासिङ्टनबाट क्यान्ससतर्फ जाँदै थियो। अमेरिकी सञ्चारमाध्यमका अनुसार ठक्करपछि विमान आकाशमै दुई टुक्रा भएर पोटोम्याक नदीमा खसेको थियो। अहिले नदीमा खोजी तथा उद्धार कार्य जारी छ ।

उक्त विमानले रेगन नेशनल एयरपोर्टबाट उडान भरेको थियो । विमानमा ६० जना यात्रु र ४ जना चालक दलका सदस्य रहेका थिए । सैन्य हेलिकप्टरमा ३ जना सैनिक सवार रहेका थिए । हालसम्म विमानबाट २७ जनाको शव बरामद भएको छ ।

प्रतिक्रिया