February 23, 2025, 9:08 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

जोशी हाइड्रोपावरको २ आर्थिक वर्षकोवार्षिक साधारण सभा आज बस्दै

माघ १५, २०८१ मा प्रकाशित | ५००दर्शक तीव्रखबर

कमठमाडौं, । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको वार्षिक साधारण सभा मंगलबार बस्दैछ । सभामा कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन । यसर्थ, यो पटक पनि सेयरधनीको हात खाली हुनेछ । कम्पनीको २ आर्थिक वर्षको नवौं र दशौं वार्षिक साधारण सभा सेलिब्रेशन हाईट, सुकेधारा काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०७९-८० र २०८०-८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१-८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।
यस्तै, कम्पनीको रिक्त महिला १ सहित ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनार्थ कम्पनीले माघ ३ गते गते बुक क्लोज गरिसकेको छ । तसर्थ, माघ २ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउने छन् ।

प्रतिक्रिया