February 24, 2025, 6:10 am
» महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा प्रभातफेरी » प्रादेशिक अस्पताल गौरका डाक्टरले निजी अस्पतालमा रिफर गरेका बिरामीको अप्रेसन गर्दा मृत्यु, घटनाको छानबिन सुरू » बर्दिवास शैक्षिक महोत्सवमा पर्यटन: आफ्नै ठाँउका अनौठा फोटोहरु देखेपछि अचम्मित अवलोकनकर्ता » बेचन झाको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीशद्धय ढुंगाना र ढकालको इजलासमा » कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

कोशी प्रदेशसभाः अध्यादेश सर्वसम्मतले पारित

माघ १३, २०८१ मा प्रकाशित | ८७०दर्शक तीव्रखबर

विराटनगर – कोशी प्रदेशसभाको आजको बैठकमा ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१’ स्वीकृतसम्बन्धी प्रस्ताव सर्वसम्मतले पारित भएको छ ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले सो प्रस्ताव स्वीकृतिका लागि सदनमा पेस गर्दा सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गरेका थिए ।

यसका साथै मन्त्री भण्डारीले सदनमा विभित्र समयमा उठेका विषयमा धारणा राखेका थिए । उनले प्रदेश सरकारले प्रहरी समायोजनका विषयमा सङ्घीय सरकारसँग पहल गरिरहेको बताए । शनिबार ताप्लेजुङको बल्लुमा भएको घटनामा २० जना सुरक्षाकर्मी घाइते भएका जानकारी दिए ।

“प्रहरीमाथि आक्रमण हुनसक्ने जानकारी पाएको प्रहरीले सुरक्षा सतर्कता अपनाउँदा पनि आवश्यक जाँचका क्रममा आक्रमण भयो । त्यस क्रममा २० जना घाइते भए । सातजना अहिले पनि उपचारकै क्रममा छन् ।पाथीभरा र मुकलुङ क्षेत्रमा केवलकार निर्माण हुनुपर्ने र हुनुहुँदैन भन्ने पक्षबीचको तनावले सो घटना भएको हो । सरकारले विकास निर्माणमा अवरोध गर्नु देशलाई पछाडि धकेल्नु हो भन्ने मान्यतासहित वार्ताबाट समस्या समाधान गर्न चाहेको छ”, उनले भने ।

बैठकमा उद्योग, कृषि सहकारीमन्त्री खगेनसिं हाङ्गामले ‘प्रदेश बीउबिजनसम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक’ विचार गरियोस् भनी पेस गरेका प्रस्तावसमेत सर्वसम्मतले पारित भई त्यसमाथि सैद्धान्तिक छलफल सुरु भएको छ ।

सैद्धान्तिक छलफलका क्रममा उठेका जिज्ञासाको जवाफ दिँदै बालीनालीमा लाग्ने रोग र कीराको पहिचान गरी विषादी प्रयोग गर्न विधेयकले मद्दत गर्ने बताए । उनले विधेयकले विषादीको आयात, बिक्री–वितरण, प्रयोग, भण्डारण, नवीकरणजस्ता विषयलाई व्यवस्थित गर्नाका साथै नियमन गर्न पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सैद्धान्तिक छलफलमा कोशी प्रदेशसभा सदस्य कमल दर्नाल, रामदेव यादव, छविलाल चुडाल र गोपाल तामाङले यो विधेयकको माध्यमबाट उत्पादन र उत्पादकत्व वृद्धि गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे। उनीहरूले स्वदेशमै गुणस्तरीय बीउ उत्पादन गर्न, किसानलाई उत्रत जातका बीउ उपलब्ध गराउन, बीउको भण्डारण, प्रशोधन र बिक्री वितरण गर्न पनि सहयोग पुग्ने आशा राखे ।

प्रतिक्रिया