January 26, 2025, 6:39 am
» प्रेस चौतारी मोरङको अध्यक्षमा चिना थापा सर्वसम्मत » बुटवलमा रविमाथिको थुनछेक बहस जारी » पाथीभरा केबलकारको बिरोधमा उत्रेका माथी दमन, राजेन्द्र महतोको आपत्ति » प्रिमियर लिगमा लिभरपुलको अर्को जित, शीर्ष स्थान बलियो » अन्ततः मेक्सिको खाडीको नाम परिवर्तन गर्दै ट्रम्पले बनाइ छाडे ‘गल्फ अफ अमेरिका’

उच्च अदालतको आदेशपछि २ लाख धरौटीमा छुटे झाँक्री प्रकाश भुजेल

माघ ११, २०८१ मा प्रकाशित | ८६०दर्शक तीव्रखबर

काठमाडौँ । सवारी ज्यान सम्बन्धी कसुरमा थुनामा रहेका झाँक्री प्रकाश भुजेल धरौटी बुझाएर रिहा भएका छन् ।

उच्च अदालत पाटनका न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले हिजो (बिहीबार) झांक्रीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

आदेशपछि बिहीबार उनी धरौटी बुझाएर रिहा भएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ ।

काठमाडौँको शंकरापुरमा गएको २८ कात्तिकमा भुजेलले चलाएको बा १९ प २६०५ नम्बरको कारले बागमती प्रदेश-०२-०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो

दुर्घटनामा कागेश्वरी मनोहरा नगरपालिका–२ बस्ने ३८ वर्षीय नारायण नगरकोटी र उनकी पत्नी किसानुमाया नगरकोटी गम्भीर घाइते भएका थिए ।

दुवै जनाको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया