February 23, 2025, 9:02 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

आरम्भ चौतारी लघुवित्तको माघ १४ गते वार्षिक साधारण सभा

माघ ११, २०८१ मा प्रकाशित | ६१०दर्शक तीव्रखबर

काठमाडौं, । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको माघ १४ गते वार्षिक साधारण सभा बस्ने भएको छ ।
आरम्भ चौतारी लघुवित्तले यसपटक सेयरधनीलाई लाभांश भने नदिने भएको छ । यसर्थ, यसपटक पनि कम्पनीका सेयरधनीको हात खाली हुनेछ । सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।
आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । सभा, बनेपा पार्टी भेन्यु, बनेपा–८, काभ्रेपलाञ्चोकमा बिहान १० बजे सुरु हुनेछ ।

सभा प्रयोजनका लागि कम्पनीले माघ २ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, माघ १ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् ।

प्रतिक्रिया