January 22, 2025, 1:49 pm
» जापानमा बर्ड फ्लुको सङ्क्रमणमा वृद्धि » राजेश पायल र शलोनीको ‘कलेजकी सुन्दरी’ सार्वजनिक » रविको बयान सकियो, थुनछेक बहस आज नहुने » नागरिकमा आशा जगाउने काम गरिरहेका छौँः उपप्रधानमन्त्री सिंह » NEPSE up by 52.36 Points; trading volume hits Rs 9.20 billion

पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप अभियान

माघ ९, २०८१ मा प्रकाशित | २५०दर्शक तीव्रखबर

पाठेघरको मुखमा हुने क्यान्सरविरुद्ध एचपिभी खोप अभियान चलाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सेवा विभागको सहकार्यमा देशभर निःशुल्क खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

मन्त्रालयका अनुसार अभियान आउँदो माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन हुनेछ । जसअन्तर्गत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरुलाई खोप दिइने छ । अभियान मुख्यतः विद्यालय केन्द्रित खोप केन्द्रहरुबाट हुने जनाइएको छ ।

नेपालमा पाठेघरको मुखको क्यान्सरबाट दैनिक चार जना महिलाको ज्यान जाने गरेको छ । वार्षिक रुपमा हेर्दा यो रोगबाट प्रत्येक वर्ष हजारौंको संख्यामा महिलाले ज्यान गुमाइरहेका छन् ।

त्यसैले, सरकारले १० देखि १४ वर्ष उमेरका छात्राहरुलाई रोग लाग्नुभन्दा पहिले नै सुरक्षित बनाउन एचपिभी खोप अभियान सञ्चालन गर्न लागेको हो । मन्त्रालयका अनुसार खोपले बालिका एवं किशोरीहरुको स्वास्थ्यमा कुनै असर पर्दैन ।

एचपिभी खोपले महिनावारीमा समेत असर नपुर्याउने जनाउँदै मन्त्रालयले खोप लगाएपछि पाठेघरको मुखमा क्यान्सर हुने सम्भावनाबाट बच्न सकिने बताएको छ । मन्त्रालयका अनुसार यो खोप एक मात्रा मात्र लगाए पुग्छ ।

यससम्बन्धी थप जानकारी आवश्यक परेमा मन्त्रालयको पैसा नलाग्ने हेल्लो हेल्थ कल सेन्टर १११५ वा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया