इ–सेवाका नाममा यसरी मञ्चाएको छ लुट धन्दा : लाखौँ करछली, सरकार रमिते

- April 3, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

इसेवाको अबैधधन्दाको जोगाउमा केही अनलाईन मिडिया हाउस खुलेलै लागे/

 

रोशन कार्की

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्री परिषद्को आईटि विज्ञको ?पमा निय’क्त गरेकै व्यक्तिको सस्था इसेवा नामको सस्थाबाट गैरकानुनी रुपमा वित्तीय कारोबार गरिरहेको छ . इसेवाका नाममा हुने गरेका अरु लुटधन्दा सार्वजनिक हुनेक्रम जारी रहेको छ .

यसरी गर्छ करछली

इसेवाले पसलका भित्ता भित्तामा प्रचार सामाग्रीहरु राखिरहेको छ । तर इसेवाले रकम ट्रान्सफर लगायत अन्य विभिन्न क्षेत्रको विल भुक्तानीदेखि अन्य अबैधधन्दा नै चलाउदै आएको छ । इसेवाले अहिले सम्म सामान्य प्रिन्ट गरेको विलमात्र उपलव्ध गराउदै आएको छ भने सो सस्थाले कर समेत छली गर्नमा सरकारी प्रणालीमा जोडेको छैन । नेपालको आयकर ऐन २०५८ अनुसार कर छल्ने वा मतियारको रुपमा काम गर्ने दुबैलाई कारवाहीको व्यवस्था गरिएको छ । यसरी सरसर्ती हेर्दा पनि या त इसेवा आफैंले कर छलीरहेको छ अथवा कर छली गर्न अरुलाई उक्साईरहेको छ । यसरी प्रत्येक ग्राहकबाट यसरी अनाधिकृत रुपमा उठाइएको रकमबाट लाखौँ रुपैयाँ कर छली भइरहेको छ । पटक पटक अबैधधन्दा चलाउदै आएको र कर समेत छली गर्दै आएका इसेवाका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अस्कर अली र विश्वास ढकाल नाम व्यक्तिबाट देशको गोप्य सूचना समेत विश्वमा बेच्दै आएको पाईएको छ । इसेवा यसअघि पनि फुलअडिटमा परिसकेको सस्था हो । अली अहिले आफुहरु फुलअडिटमा परी क्लिन चिट लिएको र प्रधानमन्त्रीकै आईटि विज्ञ भएको दम्भका साथ अबैध कार्य गर्दै आएका व्यक्ति हुन । इसेवाले गरिरहेको गैरकानुनी धन्दाबारे अख्तियार र आन्तरिक राजश्व विभागले पनि छानविन गर्नुपर्ने सरोकारवालाहरुको माग रहेपनि सो सस्थामाथी कुनै अनुसन्धान सरकारले गरेको छैन । आफुले राखेकोको पैसा कहाँ छ भन्ने जनतालाई समेत थाहा छैन । कतिपय प्रयोगकर्तालाई इसेवा आफैंमा बैंकजस्तै भएको भ्रम छर्दै आएको छ । इसेवाका एक कर्मचारीका अनुसार नबील बैंकमा व्यक्तीगत रुपम जम्मा गरेको पाइएको छ । तर जनताको पैसा नबील बैंकमा छ भन्ने जनतालाई नै थाहा नै छैन । इसेवाले आफ्नो फर्ममा एक केन्द्रीय बैंकमा पैसा राखिएको छ भनेर जनता झुक्याउदै आएको सो सेवाकै कस्टमर केयर सेन्टर चलाईरहेका संचालकहरुलाईनै इ सेवाको पैसा कहाँ छ भन्ने थाहा नभएको बताउदै आएका छन् । इसेवाले बाफिया मात्र उल्लङ्घन गर्दै आएको छ, नेपालको कर सम्बन्धि नियम पनि मानिरहेको छैन । इसेवाले एनटिसी, एनसेल लगायतकाको रिचार्जमा मध्यस्तकर्ता कम्पनी वा इसेवाको सेवा प्रदान गरिरहेका विभिन्न साइबर, वा अन्य प्रयोगकर्तालाई दिने कमिसनमा टिडीएस काट्ने नगरेको स्रोतको दावी छ ।’ इसेवाले करोडौं रुपैयाँ कर छली गरीरहेको छ ।’ तर यसको प्रष्ट हिसाव कम्पनीसँग छैन । राजनीतिक आढका भरमा फुलअडिटको लफडा मिलाइएको स्रोतको दावी छ । पहिला एफवान सफ्ट इन्टरनेशनल प्रालि नाकम कम्पनीको उतापदा भनिएपनि पछी यस्तै करको लाफडाका कारण इसेवा फोन पे प्रालि नाकम कम्पनीबाट इसेवा संचलान भइरहेको र इसेवाले करोडौं रुपैयाँ कर छलेको स्रोतको दावी छ । स्रोतका अनुसार नेपाल टेलिकमको रिचार्ज कार्ड बेच्नेहरुलाई इसेवाले बढी कमिसन दिएर आफ्नो बसमा पारिसकेको छ । नेपाल टेलिकमको रिचार्ज कार्ड बेच्दा हुने फाइदाभन्दा इसेवाको रिचार्ज गर्ने कामबाट बढी फाइदा हुने हुनाले रिचार्ज कार्डको व्यापारमा त धक्का लागेको छ । नेपाल टेलिकमलाइ जाने नाफा एउटा प्राइभेट कम्पनीले लिइरहेको छ ।’ नेपाल टेलिकमकै कतिपय काउन्टरमा समेत इसेवा प्रयोग गरेर देशलाइ घाटा पार्ने काम भइरहेको छ । कमिसनको लोभमा नेपाल टेलिकमको रिचार्ज सेवा लगायतका सेवालाइ धरासायी बनाउने काममा इसेवा लागिरहेको छ ।

इसेवाले नेपाल टेलिकमसँग मिलेमतो गरेर टेलिकमनै डुबाउन खोजीरहेको आरोप सरोकारवालाहरुको छ । टेलिकमवालाहरुसंग इसेवाको मिलेमतो रहेको छ । एउटा प्राइभेट कम्पनीसंग टेलिकमकै कर्मचारीको मिलिमतोमा अबैधधन्दा चलाउदै आएको आरोप समेत लागेको छ । इसेवाको अबैधधन्दाको बारेमा समााचार प्रकशन हुन थालेपछि केहि मिडियाहरुको मुख पनि राम्रैसँग थुनेको पाइएको छ । इसेवाको यो कालो धन्दाबारे थाहा पाएका मिडियाको मुखमा बुझो हालेर कम्पनीले इसेवा चलाईरहेको छ । स्रोतका अनुसार यस बिषयमा कुरा उठाएका नेपालका अधिकाशं न्यूज पोर्टललाइ एफवानसफ्टले सम्पूर्ण प्राविधिक सहयोग निःशुल्क गर्नेगरी करार गरेको छ । बैंकका मोबाइल एपदेखि केहि मिडियाहरुलाई निशुल्क सेवा दिइरहेको रेकर्ड सो सस्थाले राखेको छ । अहिले त्यसैको मारमा काडमाडौप्रेस नामको अनलाईन विवादको घेरामा पुगेको छ । इसेवा प्रयोग गर्दा उसले प्रयोगकर्ताको सबै जानकारी लिने गरेको छ । यत्तिसम्म कि ‘भेरिफाइ’ गर्ने नाममा उसले नागरिकताको कपिनै माग्ने गरेको छ ।’ तर के जनताको विवरण सुरक्षित छ ? सुरक्षित नभए कसलाई भन्ने ? के एउटा प्राइभेट कम्पनीले त्यसलाई आफु अनुकुल प्रायोग गर्न सक्दैन र ?’ जस्ता अनेकौं प्रश्नहरु इसेवाका अगाडी तेर्सिएका छन् । जनताको विवरण राखेर त्यो विवरण सुरक्षित छ भन्ने ग्यारेन्टी नहुँदा इसेवाले जनताको गोपनियताको हकमाथि समेत धावा बोलेको छ ।

इसेवाको अबैधधन्दाको जोगाउमा केही अनलाईन मिडिया हाउस खुलेलै लागे

काठमाडौं । शक्तिको चरम दुरुपयोग गरी विद्यमान ऐन कानुनलाई समेत बेवास्था गर्दै आएको इ सेवा नामक संस्थाको कालाकर्तुतको ढाकछोप गर्नकालागि केही अनलाईनहरु अहिले सकृय भएका छन् । विगद लामो समयदेखि विद्यमान ऐन विपरित सञ्चालन भएको इसेवाले देशको गोप्य सूचनादेखि अन्य विषयमा समेत गम्भीर गल्ती गरि विदेशी ‘र’ समक्ष सवै विवरण पु¥याउदै आएको आरोप लाग्दै आएपनि सो सस्था गलत नभएको भन्दै पछिल्लो समय समाचार नै प्रकाशन गर्दै आएको पाईएको छ । सो अनलाइनले अहिले मिडियामा आएको समाचारलाई गलत तबरबाट हदुष्प्रचारका पछि नलाग्न इसेवाको आग्रह, र नगदरहित नेपाल बनाउने अभियानमा विचलित छैनौ’ भन्दै अबैध कार्यको ढाकछोपमै बेस्त रहेको पाईएको छ । इसेवाको विज्ञप्ति अनुसार भन्दै आफ्नो संरचना, प्रविधि तथा सेवाहरु नेपाल राष्ट्र बैंकको नियमन तथा सुपरिवेक्षणमा रहेको प्रष्ट पार्दै समाचार हटाइएको भनिएको अनलाइन पोर्टल र इसेवाको कुनै सम्बन्ध नरहेको भन्दै बचाउ गरेको पाइएको छ । सो मिडियाले विज्ञप्तिको हवाला दिई इसेवामाथि निरन्तर प्रहार गर्ने कार्य कुनै किसिमले न्यायोचित नभएको उल्लेख गरेको छ ।

 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!