January 19, 2025, 2:42 am
» किसानलाई सुन्तला बिक्री गर्न सकस » सार्वजनिक नीतिसहित तीनवटा समितिको बैठक बस्दै » युद्ध विरामको केही घण्टा अगाडि इजरायली प्रधानमन्त्रीको अर्को आक्रमणमा जानसक्ने चेतावनी » आज दिनभरको मैसम कस्तो रहला ? » सङ्घीयतालगायत अधिकार रक्षाका लागि अझै सङ्घर्ष आवश्यक छः मुख्यमन्त्री सिंह

ब्राजिलमा प्रहरी कारबाहीमा छ जनाको मृत्यु

माघ ५, २०८१ मा प्रकाशित | ६७०दर्शक तीव्रखबर

साओ पाउलो – ब्राजिलको दक्षिणी पराना राज्यको पोन्टा ग्रोसा नगरपालिकामा शुक्रबार प्रहरीसँगको गोली हानाहानमा छ जना संदिग्ध व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

प्रहरीले अवैध हतियार बरामद गर्न गएको क्रममा गोली चलेको हो । प्रहरीका अनुसार, आपराधिक सङ्गठनले हतियार भण्डारण गरिरहेको थियो ।

साथै, पराना राज्यका साना सहरहरू तथा बैङ्कहरूमा आक्रमण गर्ने योजना बनाएको थियो । छापा मार्दा छ संदिग्ध मारिए र कुनै प्रहरीहरू घाइते भएनन् । प्रहरीले सेनाले प्रयोग गर्ने राइफलसहितका हतियारहरू बरामद गरेको छ ।

प्रतिक्रिया