January 16, 2025, 1:12 pm
» भारतीय प्रेमीसँग मिलेर श्रीमान‍्को हत्या » युद्धविराम सम्झौतालाई मन्जुरी दिन नेतन्याहुले गरे अस्वीकार » सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गर्ने दुई जना पक्राउ » पोखरा प्रतिष्ठानमा १४ जनाको मृगौला प्रत्यारोप भए पछि प्रधानमन्त्री खुसी » माछा मात्रै मार्ने बोटे समुदायले ‘होम स्टे’ चलाए पछि प्रचण्ड प्रफुल्ल

अफ्रिकाको सुन खानीमा फसेका २४६ को जिबितै उद्दार, ७८ शव निकालियो

माघ ३, २०८१ मा प्रकाशित | २६०दर्शक तीव्रखबर

जोहानेसबर्ग, । दक्षिण अफ्रिकाको एक अबैध सुन खानीबाट तीन दिनको उद्धार कार्यमा जम्मा २४६ जीवित र ७८ जनाको शव निकालिएको छ ।

बुधवार राती जारी गरिएको बिज्ञप्ति अनुसार दक्षिण अफ्रिकी प्रहरी सेवाले उत्तर पश्चिम प्रान्तको स्टिलफन्टेन खानीमा सोमबारदेखि सुरु भएको उद्धार अभियानबाट २४६ अवैध खानीमा काम गर्नेहरूलाई भूमिगतबाट जीवितै निकालिएको र उनीहरूलाई पक्राउ गरिएको बताएको छ।

बरामद गरिएको शवको संख्या भने ७८ पुगेको छ । ‘यस चरणमा अपरेशन रद्द गरिदैन, हामी पुर्ण रूपमा निश्चित नभएसम्म यो अप्रेसन जारी रहनेछ,’  प्रवक्ता एथलेन्डा माथेले भनिन् । तर, उद्धार कार्यमा संलग्न स्वयंसेवकहरूले भूमिगत स्थानमा कुनै पनि जीवित व्यक्ति वा शव नभएको सञ्चारमाध्यमलाई बताएका छन तर उनले अझै खोजबिन गर्नु पर्ने जनाएकी छिन् ।

माथेका अनुसार लफन्टेनमा सञ्चालनको लागि जिम्मेवार खानी उद्धार सेवाले बिहीबार बिहान पनि भूमिगत पिंजरा पठाउनेछ ताकी कोही अवैध खानीमा पिंजरासँग पुनः देखा पर्न सक्छ कि सक्दैन भनेर हेर्नेछ  ।

‘हामी खानी उद्धार सेवामा भर पर्नेछौं, उनीहरूको अत्याधुनिक उपकरणहरूको साथ यो पुष्टि गर्न जरूरी छ, यसले हामीलाई भूमिगत तहमा के भइरहेको छ भन्ने तस्वीर दिन सक्षम हुनेछ,’ उनले भनिन, ‘हामीले संकेत गरेका छौं कि हामीले यसलाई प्रमाणित गर्नुपर्दछ ।’

यीनीहरू लगभग दुइ महिना देखी सुनखानीमा फसेको जनाइएको छ । यद्दपी, त्यो बारेमा अनुसन्धान जारी रहेको छ ।

प्रतिक्रिया