January 15, 2025, 7:24 am
» तान्जानियामा मारबर्ग भाइसरका कारण आठ जनाको मृत्युः डब्लुएचओ » बिपक्षी दलले भोलि पत्रकार सम्मेलन गर्ने » जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ » छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु » रबि लामिछानेको थुनछेक बहस जारी

नुवाकोटमा यसरी जुधाइयो गोरु, मुख्यमन्त्रीसहित दर्शक

माघ १, २०८१ मा प्रकाशित | ६३०दर्शक तीव्रखबर

नुवाकोट– माघे संक्रान्ति पर्वका अवसरमा मंगलबार नुवाकोटको तारुका र बेत्रावतीलगायत स्थानमा गोरु जुधाएर मेला लगाइएको छ ।

माघे संक्रान्तिको दिनलाई विभिन्न ऐतिहासिक घटनासँग जोडेर यस वर्ष नुवाकोटको तरुकमा १३ हल, बेत्रावतीमा ११ हल गोरु जुधाइएको हो ।

नुवाकोटको तारकेश्वर गाउँपालिका-३ तारुकामा आयोजना गरिएको गोरु जुधाई प्रदर्शनी बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ), बागमती प्रदेश सभा सदस्य रमेशकुमार महतले पनि अवलोकन गरे ।

गोरु जुधाई अवलोकन गरेपछि मुख्यमन्त्री तामाङले गोरु पशु अधिकारको संरक्षण गर्दै संस्कृतिको जगेर्नामा जोड दिए । यसलाई पर्यटन प्रवर्द्धन गर्दै खेलकुदका रुपमा अनुशासनमा राखेर सञ्चालन गर्न आवश्यक रहेको उनले बताए । यसका लागि उनले सम्बन्धित मन्त्रालयसँग सहकार्य र सहकार्य गर्ने प्रतिबद्धता जनाए ।गोरु जुधाई प्रदर्शनीमा विजेता र उपविजेता गोरुका धानी (कृषक) लाई प्रोत्साहनस्वरुप नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो । माघे संक्रान्ति गोरु जुधाई महोत्सव समितिका संयोजक मदन श्रेष्ठले नगद पुरस्कार दिइएको बताए ।

प्रतिक्रिया