काठमाडौं । स्वयंभु एथलेटिक्स ट्रेनिङ्ग सेन्टरद्वारा आयोजित विविध खेलकुद प्रतियोगिता शनिवार सम्पन्न भएको छ । काठमाडौंको स्वयंभुमा आयोजना गरिएको खेलकुद प्रतियोगिताको रनिङ्ग, लेजर रन र सटपुट इभेन्ट्समा काठमाडौंका विभिन्न विद्यालयका कुल २ सय ६५ खेलाडिहरुले सहभागीता जनाएका थिए । जस अनुसार रनिङ्गको ५ कि.मी मा छात्रतर्फ नितेस घर्तिमगर प्रथम, अशोक वराम दोस्रो तथा दिवाकर मगरले तेस्रो स्थान हासिल गरे । त्यस्तै ५ कि.मि कै छात्रा तर्फ सोनु घतानी, स्वेच्छा बलामी मगर र सरिता रम्तेल क्रमश प्रथम, दोस्रो तथा तेस्रो भएका छन् ।
यसैगरी रनिङ्गकै २.५ कि.मि मा धर्मेन्द्र बोहोरा, विशालशाही ठकुरी, राजु सुनुवार क्रमश पहिलो, दोस्रो र तेस्रो भए भने छात्रा तर्फ प्रकृति चौधरी, दक्षिणा भुजेल र अञ्जली मोक्तानले क्रमश पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गरेका छन् । यसैगरी प्रतियोगिताको सटपुटको छात्रातर्फ निशा भुजेल प्रथम, कल्पना जोशी दोस्रो र चच्चलाकुमारी यादव तेस्रो भइन् भने छात्र तर्फ प्रकाश कँडेल, विक्रम गण्डन र प्रतिक सुनदासले क्रमश प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भए ।
यस्तै लेजर रन इभेन्टमा सोफिया श्रेष्ठ, विपना मगर, एरिना मोक्तान, रुसिका सुनार, अग्नि रञ्जित, मनिसा तामाङ्ग, धिरज श्रेष्ठ, प्रविन श्रेष्ठ, विशाल शाही ठकुरी, सोहेवमान श्रेष्ठ, सुनिल तामाङ्ग, प्रज्ज्वल पौडेल लगायतका छात्रछात्राहरुले उत्कृष्ठ स्थान हासिल गरेका छन् ।
प्रतियोगितामा उत्कृष्ट छात्रछात्राहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, अतिथिहरु प्रदेश नं ३ का सांसद् राजेश शाक्य, किर्तिमानी धावक बैकुण्ठ मानन्धर, मोर्डन पेन्टाथलोन फेडेरेशनका अध्यक्ष राजेन्द्र श्रेष्ठ, काठमाडौं महानगरपालिका वडा नं १५ का अध्यक्ष ईश्वरमान डंगोल लगायतले ट्रफि, पदक, तथा प्रमाण पत्र प्रदान गर्नुभयो । विभिन्न क्षेत्रबाट उपस्थित अतिथिहरुलाई आयोजक स्वयंभु एथलेटिक्स ट्रेनिङ्ग सेन्टरका महासचिव शैलेन्द्रमान श्रेष्ठले मायाको चिनो प्रदान गर्नुभएको थियो । कार्यक्रममा स्वयंभु एथलेटिक्स ट्रेनिङ्ग सेन्टरका अध्यक्ष एवं कार्यक्रम संयोजक रमेश सुनारले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!