January 15, 2025, 5:23 am
» सुन-चाँदी दुवैको भाउ बढ्यो » ‘गली ब्वाईको सिक्वेलमा रणवीर र आलिया नहुने, बिक्की र अनन्या पाण्डे देखिने » प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो » समाजबादी मोर्चा ब्युँतिने, आज बैठक बस्दै » रबिलाइ आज पनि अदालत लगिने, छुटने वा नछुटने न्यायधिसको भरमा

अफ्रिकाको सुनखानीमा फसेका ४ सय मध्ये १०० मजदुरको मृत्यु

माघ १, २०८१ मा प्रकाशित | २९०दर्शक तीव्रखबर

अफ्रिका, । दक्षिण अफ्रिकाको सुन खानीमा फसेका १०० भन्दा बढी कामदारको मृत्यु भएको छ ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार खानीमा दुई महिनादेखि ४०० भन्दा बढी कामदारहरू थुनिएका थिए। उनीहरु सबै अवैध रुपमा सुन उत्खनन गर्न खानीमा प्रवेश गर्ने क्रममा उनीहरू थुनिन पुगेका हुन ।

ठुलो संख्या खानी मजदुरको मृत्यु भएको बाहिरिए पछि राहत र उद्धारका लागि विशेष खानी उद्धार टोली घटनास्थलमा पठाइएको छ । समाचार अनुसार भोक र तिर्खाका कारण मजदुरको ज्यान गएको जनाइएको छ । हालसम्म १३ जनाको शव निकालिएको छ । खासमा उद्धार गरिएका कामदारहरूबाट एउटा सेलफोन भेटिएको थियो, जसमा २ भिडियो भेटिएको थियो। यी भिडियोमा दर्जनौं शव पोलिथिनमा बेरिएको देखाइएको छ ।

खानीमा काम गर्ने मजदुरसँग सम्बद्ध सामाजिक संस्था माइनिङ इफेक्टेड कम्युनिटीज युनाइटेड इन एक्सन (म्याकुए)का अनुसार प्रहरीले गत नोभेम्बर देखि अवैध उत्खननविरुद्ध कारबाही थालेको थियो । प्रहरीले यो खानी सिल गर्ने प्रयास गरेको थियो । यसका लागि मजदुरलाई बाहिर आउन आग्रह गरिएको पनि थियो तर  पक्राउ पर्ने डरले कामदारले खानीबाट बाहिर निस्कन नै मानेनन् । त्यसयता ती मजदुरहरू लामो समय देखी खानीमा नै फस्न पुगेका थिए ।

मजदुरहरूले अस्वीकार गरेपछि प्रहरीले खानी भित्र पस्न र निस्कन प्रयोग गरिने डोरी र पुली हटाएको मकुआले जनाएको छ । त्यसपछि कामदार खानीमै अलपत्र परेका थिए ।

दक्षिण अफ्रिकी अखबार सन्डे टाइम्सका अनुसार उद्धार टोलीले एउटा पिंजरा तयार पारेको छ, जसलाई खानीमा ३ किलोमिटर तल झर्ने काम भइरहेको छ । यो पिंजराको सहायताले पहिले बाँकी रहेकालाई बाहिर निकाल्ने काम भइरहेको जनाएको छ । फसेका मजदुरलाइ बाहिर निकाल्नका लागि कम्तिमा १६ दिन लाग्ने अांकलन गरिएकाे छ ।

प्रतिक्रिया