February 24, 2025, 5:56 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

रवि लामिछानेलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइयो

पुस २९, २०८१ मा प्रकाशित | ३४०दर्शक तीव्रखबर

 

काठमाडौ। प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको छ । अदालतमा आज लामिछानेको थुनछेक बहस हुनेछ ।गत बिहीबार कास्कीको सूर्यदर्शन सहकारी ठगीमा धरौटीमा रिहा भएका लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा मुद्दा दर्ता भएको थियो ।सोही मुद्दाको बयानका लागि लामिछाने हिजो (आइतबार) आफैं अदालत हाजिर भएका थिए । तर, हिजो थुनछेक बहस नभएपछि उनलाई आज (सोमबार) पुनः अदालत पेस गर्नेगरी प्रहरीको जिम्मा लगाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो ।

प्रतिक्रिया