विराटनगर- संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेल ठगी आरोपमा विराटनगरबाट पक्राउ परेका छन् ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले पोखरेललाई आज विहान विराटनगरबाट पक्राउ गरिएको बताएका छन् ।
सभापति पोखरेलका पूर्व स्वकीय सचिव अनिलविरुद्ध अदालतले पक्राउ पुर्जी जरी गरेर प्रहरीलाई अनुमति दिएको थियो। त्यही आदेशअनुसार मोरङ प्रहरीले अनिललाई खोजी गरिरहेको थियो ।
नेकपा एमालेका मोरङ जिल्ला सदस्य समेत रहेका अनिलले एमबीबीएसमा नाम निकाल्ने भनेर ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप छ ।
त्यही मुद्दामा अनुसन्धानको लागि प्रहरीले पक्राउ पुर्जीको अनुमति अदालतमा माग गरेको थियो । सोमबार दिउँसो पक्राउको लागि अदालतले अनुमति दिएको थियो।
प्रतिक्रिया