January 22, 2025, 3:00 pm
» जिपको ढोकाबाट खसेर दुई जना घाइते » जापानमा बर्ड फ्लुको सङ्क्रमणमा वृद्धि » राजेश पायल र शलोनीको ‘कलेजकी सुन्दरी’ सार्वजनिक » रविको बयान सकियो, थुनछेक बहस आज नहुने » नागरिकमा आशा जगाउने काम गरिरहेका छौँः उपप्रधानमन्त्री सिंह

दुई-तीन महिनामै कर्मचारीको सरुवा हुँदा प्रशासनिक काममा समस्यामा

पुस १९, २०८१ मा प्रकाशित | ४९०दर्शक तीव्रखबर

काठमाडौं,  । लोकसेवा आयोगले कर्मचारीको पटक पटकको सरुवाले प्रशासनिक काममा समस्या आएको जनाएको छ ।

दुई-तीन महिनामै कर्मचारीको सरुवा हुँदा प्रशासनिक काममा समस्या आएको भन्दै आयोगले प्रतिनिधि सभाको राज्यव्यवस्था समितिलाई कर्मचारी सरुवाका सम्बन्धमा सुझाव समेत दिएको छ ।

आयोगले सचिवलाई एक वर्ष, सहसचिवलाई दुई वर्ष र उपसचिवलाई तीन वर्षमा मात्र सरुवा गर्ने गरी कानुनी व्यवस्था गर्न सुझाव दिएको छ ।

यस्तै, शाखा अधिकृतलाई चार र अन्यलाई पाँच वर्षमा मात्र सरुवा गर्ने व्यवस्था गर्न आयोगले सुझाएको छ ।

सहायक तह र अधिकृत तहमा पनि एक-एक पटक मात्रै समावेशीतर्फ अवसर दिनुपर्ने आयोगको सुझाव छ ।

प्रतिक्रिया