January 22, 2025, 2:51 pm
» जापानमा बर्ड फ्लुको सङ्क्रमणमा वृद्धि » राजेश पायल र शलोनीको ‘कलेजकी सुन्दरी’ सार्वजनिक » रविको बयान सकियो, थुनछेक बहस आज नहुने » नागरिकमा आशा जगाउने काम गरिरहेका छौँः उपप्रधानमन्त्री सिंह » NEPSE up by 52.36 Points; trading volume hits Rs 9.20 billion

गुप्तेश्वर महादेव मन्दिर संरक्षणमा स्थानीय सरकार

पुस १९, २०८१ मा प्रकाशित | ३२०दर्शक तीव्रखबर

भोजपुर, । रामप्रसादराई गाउँपालिका-३ भुल्केमा रहेको गुप्तेश्वर महादेवको मन्दिर स्थानीय सरकारको सक्रियतामा निर्माण सम्पन्न भएको छ ।

केन्द्र सरकारको रु ३० लाख र गाउँपालिकाको रु ४० लाख गरी रु ७० लाख लागतमा मन्दिर र मन्दिर परिसरमा भौतिक संरचना निर्माण गरिएको हो ।

आफ्नो वडाका धार्मिक तथा पर्यटकीय क्षेत्रसँगै जलाधार क्षेत्रको संरक्षणलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिँदै वडाध्यक्ष रामु थापाले तीनधारे र भुल्के मुहानलाई जलवायु अनुकूलन कार्यक्रमअन्तर्गत संरक्षण गरिएको बताउनुभयो ।

सुक्खा क्षेत्रका प्राकृतिक मुहानहरुको संरक्षणका लागि ‘रिचार्ज’ पोखरीसमेत निर्माण गरिएका उहाँले जानकारी दिनुभयो ।

गुप्तेश्वर महादेव मन्दिरमा राम नवमी र बालाचर्तुदशीमा मेला लाग्ने गरेको छ । भोजपुर र खोटाङसँगै देशका विभिन्न स्थानबाट भक्तजन पूजार्चनाका निम्ति यहाँ आउने गरेका छन् ।

प्रतिक्रिया