January 22, 2025, 11:08 am
» नागरिकमा आशा जगाउने काम गरिरहेका छौँः उपप्रधानमन्त्री सिंह » NEPSE up by 52.36 Points; trading volume hits Rs 9.20 billion » काठमाडौंवाट ४ चोर पक्राउ » जुनारले पहेँलपुर सिन्धुलीको खनियाँखर्क » बिदेश पठाइ दिन्छु भनि ठगी गर्ने ३ पक्राउ

इलाममा धान उत्पादन घट्यो

पुस १७, २०८१ मा प्रकाशित | ६४०दर्शक तीव्रखबर

फिक्कल– समयमा वर्षा नहुनु, प्राकृतिक विपद् आउनुलगायत कारणले यस वर्ष इलाममा धान उत्पादन घटेको छ । यस वर्ष १० हजार तीन सय ४२ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा ३५ हजार ३९ मेट्रिक टन धान उत्पादन भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रको तथ्याङ्कले देखाएको छ ।

गत वर्ष ११ हजार दुई सय २२ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा ३९ हजार दुई सय ११ मेट्रिक टन धान उत्पादन भएको थियो ।

गत वर्षको तुलनामा यस वर्ष चार हजार एक सय ५२ मेट्रिक टन अर्थात् १० दशमलव ६४ प्रतिशतले उत्पादनमा कमी आएको केन्द्रका प्रमुख कुलबहादुर राईले जानकारी दिए । उनका अनुसार यस वर्ष गत वर्षको भन्दा धानको उत्पादकत्व घटेको छ ।

गत वर्ष धानको उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव ४९ मेट्रिक टन थियो  । यस वर्ष बढेर प्रतिहेक्टर तीन दशमलव ३८ मेट्रिक टनमा झरेको छ । समयमा वर्षा नहुनु, प्राकृतिक विपद् आउनुलगायत कारणले धान उत्पादनमा कमी आएको प्रमुख राईले बताए ।

इलाममा रन्जित, राधा ४, चुल्ठे र अन्य स्थानीय जातका धानखेती गरिन्छ । जिल्लाको चुलाचुली गाउँपालिका र माई नगरपालिका तथा माङसेबुङ, सन्दकपुर र माईजोगमाई गाउँपालिकाको तल्लो क्षेत्रमा बढी मात्रामा धान उत्पादन हुने कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्रतिक्रिया