January 22, 2025, 3:03 pm
» जिपको ढोकाबाट खसेर दुई जना घाइते » जापानमा बर्ड फ्लुको सङ्क्रमणमा वृद्धि » राजेश पायल र शलोनीको ‘कलेजकी सुन्दरी’ सार्वजनिक » रविको बयान सकियो, थुनछेक बहस आज नहुने » नागरिकमा आशा जगाउने काम गरिरहेका छौँः उपप्रधानमन्त्री सिंह

नयाँ वर्ष २०२५ को स्वागत

पुस १७, २०८१ मा प्रकाशित | ४००दर्शक तीव्रखबर

अंग्रेजी वर्ष सन् २०२४ को बिदाइसँगै नयाँ वर्ष २०२५ को स्वागत गरिएको छ । विश्वको पूर्वी भेगमा नयाँ वर्ष शुरु भइसकेको छ भने, पश्चिममा शुरु हुने क्रममा छ ।

प्रशान्त महासागरमा रहेको मुलुक किरिबासमा सबैभन्दा पहिले नयाँ वर्ष २०२५ को स्वागत गरिएको थियो । त्यसपछि न्यूजिल्याण्ड, अष्ट्रेलिया, जापान, कोरिया, चीन, दक्षिण एसियाली मुलुकमा धुमधामसँग नयाँ वर्षको स्वागत गरिएको थियो । त्यसपछि नेपाललगायत दक्षिण एसियाली मुलुक, मध्यपूर्व हुँदै युरो र अफ्रिकाका धेरै मुलुकमा नयाँ वर्षको स्वागत गरिएको छ ।

संयुक्त राज्य अमेरिका, क्यानडालगायत उत्तर अमेरिकी मुलुकहरु, क्यारिबियन, दक्षिण अमेरिका र आन्ध्र महासागरमा रहेका कतिपय टापु मुलुकमा सन् २०२४ को बिदाई र नयाँ वर्ष २०२५ को स्वागत गरिँदै छ ।

प्रतिक्रिया