काठमाडौं,।सत्तारुढ नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजनाअन्तर्गत निर्माण नभएको बताएका छन् । पूर्वसंस्कति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री समेत रहेका उनले आज नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको अन्तरक्रियामा उक्त धारणा राखेका हुन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआईअन्तर्गतको परियोजना भनेर व्याख्या गर्नु गलत हुने भट्टराईको टिप्पणी छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको चीन भ्रमणका क्रममा भएको ‘बीआरआई फ्रेमवर्क’ सम्झौतामा पोखरा विमानस्थल समावेश नभएकाले त्यसअन्तर्गत नरहेको स्पष्ट हुने उनले बताए । उनले भने, ‘फ्रेमवर्कमा समेटिएका १० वटै परियोजना अनुदानमा हुनुपर्छ भन्ने नेपालको चाहना छ ।’
बीआरआई र अमेरिकी परियोजना एमसीसीको कुरा गर्दा नेपालले चीनलाई बीचमा नल्याउने उनले जिकिर गरे । साथै बीआरआई अगाडि बढाउन भारतसँग सल्लाह गर्नैनपर्ने नेता भट्टराईको भनाई छ ।
प्रतिक्रिया