काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता झनै बढाएका छन् ।
यो समाचार तयार पार्दासम्म कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले १८९२ मत प्राप्त गरेका छन् । त्यस्तै उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका सुरेन्द्र मानन्धरले १३७८ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रका प्रा.डा. शिवशरण महर्जनले ११८८ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
त्यस्तै स्वतन्त्र उम्मेदवारहरु राजमान महर्जनले ७३६, दिनेशकुमार अधिकारीले ६४२ मत प्राप्त गरेका छन् । राप्रपाका धु्रब महर्जनले २९५ मत प्राप्त गर्दा अर्का स्वतन्त्र उम्मेदवार कविकुमार महर्जनले १९३ मत प्राप्त रेका छन् ।
आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकामा ६५.३९ प्रतिशत मतदान भएको थियो ।
कीर्तिपुरको कुल मतदाता सङ्ख्या ३१ हजार एक सय २२ रहेकामा २० हजार तीन सय ४६ मत खसेको थियो ।
प्रतिक्रिया