December 23, 2024, 7:18 pm
» नेपाली शान्ति सैनिकहरूको अदलीबदली » टर्कीको इस्तानबुल नजिकै कृष्ण सागरको तटमा समुद्री माइन फेला » युरोप र भारत भ्रमण सकेर स्वदेश फिर्ता भइन् परराष्ट्रमन्त्री राणा » एनपीएलको फाइनलका दिन दुर्व्यवहार गर्ने दुई जना पक्राउ » रवि लामिछानेको सांसद पद निलम्बित

३७ स्थानको मत परिणाम : कांग्रेस पहिलो, माओवादी दोस्रो, एमाले तेस्रो

मंसिर १७, २०८१ मा प्रकाशित | ५६०दर्शक तीव्रखबर

काठमाडौं । स्थानीय तह उपनिर्वाचनअन्तर्गत हालसम्म ३७ स्थानको मत परिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेस १६ वटा वडा जितेर पहिलो स्थानमा छ । यस्तै माओवादी केन्द्र दोस्रो र एमाले तेस्रो स्थानमा रहेको छ ।

नेकपा (माओवादी केन्द्र) एउटा गाउँपालिका अध्यक्ष, एउटा उपाध्यक्ष र ६ वटा वडा जितेर दोस्रो बनेको छ । एमाले एउटा गाउँपालिका अध्यक्ष, एउटा उपाध्यक्ष र ५ वटा वडामा जित हात पारेर तेस्रो बनेको छ ।

जनता समाजवादी पार्टी, नेपाल मधेस प्रदेशका दुई ठाउँका वडाध्यक्ष जितेर चौथो स्थानमा छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी र स्वतन्त्रले एक–एक स्थानमा जित हासिल गरेको छ ।

नेपाली कांग्रेसले तेह्रथुमको लालीगुराँस नगरपालिका-८, सुनसरीको गढी गाउँपालिका-६, रौतहटको ईशनाथ नगरपालिका-७, रौतहटकै राजपुर नगरपालिका-६, काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नम्बर १ र ४, हेटौंडा उपमहानगरपालिका-१२, गुल्मीको मुसिकोट-१, बर्दियाको ठाकुरबाबा नगरपालिका-४ मा, जाजरकोटको कुशे गाउँपालिका-७, रुकुमपश्चिमको सानीभेरी गाउँपालिका-५, बझाङको सुर्मा गाउँपालिका-४,डोटीको पुर्वीचौकी गाउँपालिका-६, दार्चुलाको दुहु गाउँपालिका-५ र कञ्चनपुरको भीमदत्त नगरपालिका-६ को को वडाध्यक्षमा जित हासिल गरेको छ ।

माओवादीले मोरङको ग्रामथानको अध्यक्ष, जाजरकोटको नलगाड नगरपालिकाको उपमेयर, उदयपुरको त्रियुगा नगरपालिका-१२, धनुषाको धनुषाधाम नगरपालिका-१, नुवाकोटको ककनी गाउँपालिका-२, गोरखा नगरपालिका-५, रोल्पाको पुथा उत्तरगंगा-२ र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५ को वडाध्यक्षमा जित हासिल गरेको छ । यसैगरी, एमालेले दैलेखको महाबु गाउँपालिका अध्यक्ष, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष, ओखलढुंगाको मोलुङ गाउँपालिका-५, ताप्लेजुङको सिरिजंघा-३, महोत्तरीको रामगोपालपुर नगरपालिका-२, कपिलवस्तुको शुद्धोधन गाउँपालिका-१ र दैलेखको दुल्लु नगरपालिका-१३ मा जित हासिल गरेको छ

यसैगरी, स्थानीय तह उपनिर्वाचनमा सप्तरी डाक्नेश्वरीका दुवै वडामा जनता समाजवादी पार्टी नेपाल निर्वाचित भएको छ । जसपा नेपालले डाक्नेश्वरी १ र ४ वडामा जित हासिल गरेको हो । जसपा नेपालले नेपाली कांग्रेसबाट यी दुबै वडा खोसेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं महानगरपालिका-१६ को वडाध्यक्षमा जितेको छ ।

पहिलोपटक स्थानीय तह निर्वाचनमा भाग लिएको रास्वपाले कांग्रेस उम्मेदवारले यसअघि जितेको सो वडामा जित हात पारेको हो । यसैगरी, एकीकृत समाजवादीले रौतहटको गढीमाई नगरपालिका-८, नेमकिपाले कालीकोटको तिलागुफा नगरपालिका-४ जित हासिल गरेको छ । झापाको कन्काई नगरपालिका-६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली विजयी भएका छन् । उनी ४ सय ९३ मतका साथ निर्वाचित हुँदा एमालेका तुलाराम बस्नेतले ३ सय ५६ मत ल्याई दोस्रो बने ।

प्रतिक्रिया