काठमाडौं । कीर्तिपुर नगरपालिका-४ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेस उम्मेदवार राजेन्द्र बानियाँ १०५५ मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार पविता खड्काले ८०६ मत पाइन्।
यसैगरी, एमालेका बद्री बुढाथोकीले ४६०, माओवादीका नारायण विष्टले ३८१ र राप्रपाका बिजेश बस्नेतले १४२ मत ल्याए । २०७९ को निर्वाचनमा यो वडामा स्वतन्त्र उम्मेदवार श्यामकुमार अधिकारी १३८० मतसहित विजयी भएका थिए ।
श्यामकुमारसँग कांग्रेसका राजेन्द्र बानियाँ त्यसबेला पराजित भएका थिए ।उनले २०७९ को चुनावमा १०५७ मत ल्याएका थिए । यस्तै, कीर्तिपुर-१ को वडाध्यक्षमा कांग्रेसका इच्छाकुमार महर्जन विजयी भइसकेका छन् । कीर्तिपुरको प्रमुख पदमा भने मतगणना जारी छ ।
प्रतिक्रिया