December 23, 2024, 7:40 pm
» नेपाली शान्ति सैनिकहरूको अदलीबदली » टर्कीको इस्तानबुल नजिकै कृष्ण सागरको तटमा समुद्री माइन फेला » युरोप र भारत भ्रमण सकेर स्वदेश फिर्ता भइन् परराष्ट्रमन्त्री राणा » एनपीएलको फाइनलका दिन दुर्व्यवहार गर्ने दुई जना पक्राउ » रवि लामिछानेको सांसद पद निलम्बित

उपनिर्वाचन: १२ बजेसम्म करिब ३५ प्रतिशत मतदान सम्पन्न

मंसिर १६, २०८१ मा प्रकाशित | ३६०दर्शक तीव्रखबर

काठमाडौं– स्थानीय तहको उपनिर्वाचनमा मतदान प्रक्रिया जारी रहेको छ । बिहान ७ बजेबाट मतदान  सुरु भएको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यस पाँच घण्टाको अवधिमा करिब ३२ प्रतिशत मतदान भइसकेको जानकारी दिए । उनका अनुसार सबै मतदान केन्द्रमा मतदान शान्तिपूर्ण तरिकाले सञ्चालन भइरहेको छ ।नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षका लागि ४१ पदमा मतदान भइरहेको छ । यो उपनिर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा रहेका छन् । तीन जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया