December 24, 2024, 1:12 am
» नेपाली शान्ति सैनिकहरूको अदलीबदली » टर्कीको इस्तानबुल नजिकै कृष्ण सागरको तटमा समुद्री माइन फेला » युरोप र भारत भ्रमण सकेर स्वदेश फिर्ता भइन् परराष्ट्रमन्त्री राणा » एनपीएलको फाइनलका दिन दुर्व्यवहार गर्ने दुई जना पक्राउ » रवि लामिछानेको सांसद पद निलम्बित

काठमाडौं-१६ मा उपप्रधानमन्त्री सिंहले गरे मतदान

मंसिर १६, २०८१ मा प्रकाशित | ३८०दर्शक तीव्रखबर

काठमाडौं– काठमाडौं महानगरपालिका १६ को वडाध्यक्षका लागि भएको उपनिर्वाचनमा उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले मतदान गरेका छन् ।

उनले वडा नम्बर १६ स्थित युवा माध्यमिक विद्यालय पाकनाजोलस्थित केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

वडा नम्बर १६ मा १८ जना उम्मेदवार कायम भएको छन् । निर्वाचन आयोगका अनुसार वडा नम्बर १६ मा १८ उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमा १० स्वतन्त्र छन् ।

०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष मुकुन्द रिजालको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।

प्रतिक्रिया