काठमाडौं, । सरकारले भन्सार दर घटाएपछि स्थानीय बजारमा सुनको भाउ ह्वात्तै घटेको छ।
आज सुन प्रतितोला १५ हजार ९ सय रुपैयाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य १ लाख ५१ हजार ३ सय रुपैयाँ कायम गरेको छ।
आइतबार प्रतितोला सुन १ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी सुनको भाउ घटेसँगै चाँदी पनि घटेको छ।
आज ११५ रुपैयाँले घटेर प्रतितोला चाँदी १८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रतिक्रिया