November 23, 2024, 2:11 am
» लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु » डलर र युआन घट्यो : शनिबारको विदेशी मुद्राको विनिमय दर कति ? » आज दिनभरको मौसम कस्तो रहला ? » एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल वार्ता » मन्त्री यादवको निर्देशन- देशभरका खानेपानी आयोजना चाँडो मर्मत गर्नुहोस्

बिआरआईमा अनुदान मात्र स्वीकार्यः नेता निधि

मंसिर ७, २०८१ मा प्रकाशित | २७०दर्शक तीव्रखबर

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले बिआरआई अनुदानका रूपमा प्राप्त भएमा मात्र स्वीकार्न सकिने बताउनुभएको छ ।जनकपुरधाम विमानस्थलमा आज पत्रकारहरूसँग उहाँले बिआरआईका विषयमा राष्ट्रिय छलफल र बहस गरी साझा धारणा बनाउनुपर्नेमा जोड दिनुभयो ।

“आयोजना अनुदानमा दिइयो भने ठिक छ तर ऋणका रूपमा लिनु हुँदैन। यसमा हामीले आफ्नो कुरा राखिरहेकै छौँ”, निधिले भन्नुभयो ।उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणअघि नै आवश्यक छलफल गरी समझदारीमा पुग्नुपर्ने बताउनुभयो ।

“ऋण लिने गरी कुनै सम्झौता गर्न नहुने पक्षमा कांग्रेस रहेको छ । यसमा बृहत छलफल गरी निष्कर्षमा पुग्न जरूरी छ । अन्तर्राष्ट्रिय सम्बन्ध समिति र संसद्मा पनि यस विषयभित्रका सन्दर्भ र योजनाबारे छलफल हुनपर्छ ।” रासस

प्रतिक्रिया