September 19, 2024, 9:32 pm
» ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु

त्रिशुली दुर्घटनामा परेका एकै परिवारका तीनमध्ये छोरी प्रभाको शव भेटियो, देवघाटमा दाहसंस्कार

साउन ३, २०८१ मा प्रकाशित | ७६०दर्शक तीव्रखबर

वीरगन्ज : चितवनको सिमलतालस्थित त्रिशुली नदीमा बस खसेर बेपत्ता भएका पर्साको सखुवा प्रसौनी गाँउपालिका-२ जमुनियाका एक‌ै परिवारका तीन जनामध्ये शव भेटिएकी युवती प्रभा चौ‌धरीको बुधबार हिन्दु परम्पराअनुसार दाहसंस्कार गरिएको छ ।

२४ वर्षीया प्रभाको शव दुर्घटनास्थलबाट १०३ किलोमिटर दुरीमा नवलपुरमा मंगलबार भेटिएको थियो । उनीसँगै बसमा सवार उनका बुबा ५८ वर्षीय हृदयनारायण चौधरी र आमा ५३ वर्षीया भगवती देवीको अवस्था भने अझैसम्म अज्ञात छ।

मंगलबार भेटिएको प्रभाको शव भरतपुर अस्पतालमा पोस्टमर्टम गरेपछि बुधबार चितवनको देवघाटमा हिन्दू परम्परा अनुसार गरिएको हो। प्रभाको शवमा उनका दाजु ओमप्रकाश चौधरीले दाग बत्ती दिएका हुन् ।

देवघाटमा गरिएको अन्तिम दाहसंस्कारमा प्रभाका दाजुभाइ, परिवारका अन्य सदस्य, आफन्त, गाँउले, सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादव, प्रमुख प्रशासकीय अधिकृत देवनाथ साह, लेखा अधिकृत, कर्मचारी लगायत पनि सहभागी थिए ।

प्रभा, उनका बुबा हृदयनारायण र आमा  भगवती देवी तीनैजना आमा भगवती देवीको उपचार गराउन गत बिहीबार राती वीरगन्जबाट एन्जल डिलक्स बस चढेर काठमाडौं जाँदै गरेका थिए। – क्रान्ति शाह अन्नपूर्णबाट

प्रतिक्रिया