September 19, 2024, 9:47 pm
» ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु

कस्तुरीको विनासहित हुम्लामा एकजना पक्राउ

साउन ३, २०८१ मा प्रकाशित | ४७०दर्शक तीव्रखबर

हुम्ला :  कस्तुरीको विनासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। बुधबार दिउँसो ५ बजेतिर नाम्खा गाउँपालिका-२ का कन्जोक तामाङलाई कस्तुरीको विनासहित पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार सिमकोट गाउँपालिका-६ स्थित तामाङको घरबाट ३४९ ग्राम कस्तुरीको विनासहित उनलाई  पक्राउ गरिएको हो।

उनी दिल्लीहुँदै साउन -१ गते बेलुकी सिमकोट पुगेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले बताए । बरामद गरिएको कस्तुरीको विनाको मुल्य  ११ लाख रुपैयाँ जति पर्न आउने प्रहरी नायब उपरीक्षक खनालले बताए ।

बरामद गरिएको कस्तुरीको विना र तामाङलाई डिभिजन वन कार्यालय हुम्लालाई बुझाइने जिल्ला  प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब प्रहरी उपरीक्षक खनालले बताए – नरजन तामाङ, अन्नपूर्णबाट

प्रतिक्रिया