November 25, 2024, 12:05 pm
» प्रधानमन्त्री ओलीको नजरमा एनपिएलका आठ मार्की खेलाडी » विमान चालकको समस्या छिट्टै समाधान हुन्छः वायुसेवा निगम » Grants than loan would be preferred under BRI: NC President Deuba » स्मार्ट सिटीका लागि हिंसारहित समाज अनिवार्य : चिरीबाबु महर्जन » दृष्टिबिहीन विश्वकप क्रिकेट : नेपालद्वारा अफगानिस्तान पराजित

कांग्रेसमा असन्तुष्टि चरम, सरकार कहिलेसम्म अन्योल ?

मंसिर २, २०८१ मा प्रकाशित | ३००दर्शक तीव्रखबर

काठमाडौं, । प्रमुख सत्तारुढ दल कांग्रेसभित्र संस्थापन पक्ष र इतरपक्षबीच भाडभैलो सुरु हुन थालेको छ । कांग्रेसले २०८२ मंसिरभित्र १५ औं महाधिवेशन गर्नुपर्ने छ ।

यसैको बाछिटा पार्टीभित्र देखिन थालेका एक नेता बताउँछन् । उनका अनुसार त्यहि महाधिवेसनको विषयलाई लिएर कांग्रेसभित्र मनमुटाव शुरु भएको छ ।

त्यसका अलवा अहिले बाहिरै देखिने गरी पार्टी विरोधि गतिबिधि समेत हुन थालेका छन् । हालै पार्टीभित्र अनुसाशन विपरित काम गरेको भन्दै कांग्रेस सहमहामन्त्री तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री मन्त्री बद्री पाण्डेले दलकै नेता साँसद राजेन्द्र बजगाईंविरूद्ध उजुरी दर्ता गराएका छन् ।

मन्त्री पाण्डेले पार्टी अनुशासन समिति तथा संसदीय दलमा पार्टी नेता तथा सांसद राजेन्द्र बजगाईविरुद्ध उजुरी दर्ता गराएका हुन् ।

सांसद बजगाईंले पार्टी अनुशासन र हित विरुद्ध काम गरेको भन्दै अनुशासनको कारबाहीको माग गर्दै कांग्रेस अनुशासन समिति र संसदीय दलमा उजुरी दर्ता गराएको पाण्डेको सचिवालयले जानकारी दिएको छ ।

सांसद बजगाईंले रोयल टाइगर रिक्रियसनलाई क्यासिनो सञ्चालनको लाइसेन्स दिँदा सञ्चालकले मन्त्रीलाई करोडौं रुपैया घुस बुझाएको आरोप लगाउँदै सामाजिक सञ्जालमा लेखेका थिए ।

आरोपमा सांसद बजगाईंले उक्त पैसाबाट मन्त्रीले घर किनेको समेत दाबी गरेका थिए । बजगाईले ‘डेरामा बस्नेले मन्त्री बन्नासाथ घर किन्ने ? भन्दै सांसद बजगाईंले सामाजिक सञ्जालमा लेखेका थिए ।

जवाफमा बद्री पाण्डेले मतियार र बिचौलियासँग कहिल्यै पनि सम्झौता नगर्ने भन्दै इमानदार भएर काम गर्न खोजे पनि स्वार्थ समूहले घेराबन्दीमा पार्न खोजेको गुनासो गरेका थिए ।

उनले आफूले करोड त के कौडी खाएको पुष्टि गरे राजनीतिक जीवन परित्याग समाप्त गर्न तयार रहेको भन्दै सांसद बजगाईलाई घुस खाएको पुष्टि गर्न चुनौती दिँदै अब बजगाँईका विरुद्ध कानुनी लडाई पनि लडने बताएका थिए ।

त्यसैगरी काँग्रेसका ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ कान्छाराम कै कम्पनीले विकास निर्माणका काममा ढिलाई गरेको र ठेक्का लिएर सडक नबनाएको भन्दै काँग्रेसकै महामन्त्री तथा साँसद विश्वप्रकाश शर्माले संसदीय समितिमा ती मन्त्रीमाथि प्रश्न उठाएका छन् ।

त्यस विषयमा सरकारका मन्त्री र पार्टीका महामन्त्रीकाविच कडा सवाल जावाफ भएको थियो । त्यसमा मन्त्रीले जंगिदै आफुबाट गल्ती नभएको भएको पुष्टि गर्न सके साँसद, मन्त्री हुँदै पार्टीको राजनीतिबाटै विदा लिने सम्म भनेका थिए ।

जुन कुरामा आफ्नो पनि ध्यानाकर्षण भएको गृहमन्त्री रमेश लेखकले भनेका थिए। यी लगायत अन्य विषयलाई लिएर कांग्रेसको संस्थापन र इतरपक्षविच असन्तुष्टि बढिरहेको छ ।

यहि असन्तुष्टिको रुपमा पार्टीलाई मजवुत बनाउने भन्दै अहिले काँग्रेस संस्थापन इतरपक्षले मेची महाकाली यात्रा अभियान थालेको छ । जुन अभियान यसभन्दा अगाडी गगन थापाले सुरुवात गरेका थिए ।

त्यतिमात्र होइन कांग्रेसकै सांसदहरु गृहमन्त्री लेखकसँग असन्तुष्टि पोख्न थालेका छन् । कांग्रेसभित्र संस्थापन पक्ष र इतरपक्षबिच भाडभैलो सुरु हुन थालेको छलफल साप्ताहिकमा खबर छ ।

कांग्रेसले २०८२ मसिरभित्र १५ औं महाधिवेसन गर्नुपर्नेहुन्छ । त्यहि महाधिवेसनको विषयलाई लिएर कांग्रेसभित्र मनमुटाव शुरु भएको छ ।

संस्थापन पक्षका नेताहरु इतरपक्षका नेताहरुसँग घुलमिल गरिरहेका छन् । त्यसकारणले कांग्रेस र एमालेको सरकार कतिन्जेल टिक्छ यकिन छैन ।

प्रतिक्रिया