November 23, 2024, 4:06 am
» विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्‍यो सर्वोच्चमा पुनरावेदन » लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु » डलर र युआन घट्यो : शनिबारको विदेशी मुद्राको विनिमय दर कति ? » आज दिनभरको मौसम कस्तो रहला ? » एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल वार्ता

तराई-मधेश एकीकृत प्राधिकरण स्थापना आवश्यक : अध्यक्ष थापा

कार्तिक २७, २०८१ मा प्रकाशित | ३९०दर्शक तीव्रखबर

वीरगञ्ज- यहाँ सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको दुई दिने तराई-मधेश राष्ट्रिय सम्मेलनले ‘तराई-मधेश एकीकृत प्राधिकरण’ स्थापना गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ । तराई-मधेशको उत्थान र जनताको आर्थिक स्तर उकास्न उक्त प्राधिकरण स्थापना आवश्यक रहेको राप्रपाको ठहर छ ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज आयोजित पत्रकार सम्मेलनमा तराई-मधेशका २१ जिल्लाका जनताको उत्थान र आर्थिकस्तरमा सुदृढीकरण गर्न एकीकृत प्राधिकरण  स्थापना गर्नुपर्ने निर्णय सम्मेलनले गरेको जानकारी दिए  ।

मधेशको जनसङ्ख्या मुलुककै आधाभन्दा धेरै छ । तर, यहाँका जनताको आर्थिक स्तर र उत्थान हुन सकिरहेको छैन,’ उनले भने, ‘पार्टीको राष्ट्रिय सम्मेलनले प्राधिकरण स्थापना गरेर जनजीविकालाई सुधार्नुपर्ने निर्णय गरेको छ ।’

अध्यक्ष थापाले हाल तराई-मधेशको विकासका लागि नगण्य बजेट विनियोजन हुँदै आइरहेको बताए । आगामी दिनमा जनसङ्ख्याका आधारमा बजेट विनियोजन हुनुपर्ने उनको धारणा छ ।

सम्मेलनले तराई मधेशको सांस्कृतिक विविधतालाई अझ विस्तार गर्न मैथिली, भोजपुरी, अवधि र थारु भाषाको संरक्षण र सम्वर्द्धका लागि मातृभाषा संरक्षण आयोग गठन गर्नुपर्ने निर्णय पनि गरेको छ । अध्यक्ष थापाले तराई-मधेश मुलुककै अन्नभण्डार भएकाले यहाँको कृषि र सिँचाइको एकीकृत योजना अघि बढाउने निर्णय गरेको जानकारी दिए  ।

त्यसैगरी राप्रपा नेपालको राष्ट्रिय सम्मेलनले आगामी पुसमा सुनसरीको चतराधामदेखि त्रिवेणीधामसम्म पार्टीको जनजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । सम्मेलनमा दुई सय बढी पार्टी प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया