मिस प्लस टु नेपालको अन्तिम अडिसन जारी

- November 19, 2014 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । प्लस टु अध्ययनरत तथा स्नातक तहमा अध्ययनरत छात्राहरुलाई लक्षित कार्यक्रम मिस प्लस टु नेपालको अडिसन कात्तिक २४ गतेबाट जारी रहेको छ, भने तेस्रो अडिसन सम्पन्न भैसकेको छ, अन्तिम अडिसन यसै साता हुने भएको छ ।

युहान इन्टरनेशनल प्रा.लिको आयोजनामा भैरहको सो कार्यक्रमका विजेताले नगद पुरस्कार सहित एउटा फिल्म, म्यूजिक भिडियो आडिमा मोड्लिङ गर्न पाउने छन् । अध्यक्ष सञ्जीता श्रेष्ठका अनुसार सो संस्थाले निकट भविष्यमा नै नेपालको इतिहासमा नै सबैभन्दा ठूलो फेसन सो संचालन गर्ने बताइन् ।

बिजेतासंगै उत्कृष्ट प्रतिष्पर्धीले विभिन्न कलेजको तर्पmबाट छात्रावृत्ति, मोडलिङ र नेपाली चलचित्र उद्योगमा प्रवेश गर्ने अवसर प्राप्त गर्ने छन् । यस कार्यक्रमको अनलाइन मिडिया पाटनर तीब्रखबर डटकमले गर्ने छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!