मेरो बुझाईको प्रेम त्यो हो, जसमा म परेकै छैन् – महिमा कडरिया

- May 20, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

ताप्लेजुङ जिल्लामा जन्मिएर उच्च शिक्षा र राम्रो अवसरको लागि दुई वर्षअघि काठमाडौं भित्रिएकी थिइन् –महिमा कडरिया ।

अहिले काठमाडौंलाई कर्मथलो बनाउँदै एम.ए.(राजनीति शास्त्र)अध्ययनरत कडरिया सिभिल सव ओभरसियर पनि अध्ययन गरिसकेकी उनीसंग निर्माण क्षेत्रमा पनि केही समय काम गरेको अनुभव छ । पछिल्लो समय कलाकारिता क्षेत्रमापनि सक्रिय हुन थालेकी छिन् । हास्य टेलि श्रृंखलाहरुमा चरित्र अभिनेत्रीको भूमिका निभाउँदै आएकी उनलाई कलाकारिता प्रवेशका विषयमा केन्द्रित भएर सोधेको एक प्रश्नमा उनी भन्छिन् – कलाकारितामा मेरो सानैदेखिको सोख हो, अझ स्कुले जीवन छँदा केही नाटकहरु पनि गरेको अनुभव भएको कारण कलाकारितामा रुची बढेको थियो । त्यहि कारण काठमाडौं आएपछि पनि कलाकार हुने रहरको सिलसिलामा एक पत्रिकामा प्रकाशित विज्ञापनको आधारमा एक फिल्म कम्पनीले निर्माण गर्ने केही हास्य भिडियोहरुमा अभिनय गरेको छु, यद्यमीे त्यससमयमा फिल्म क्षेत्रको बारेमा मलाई प्रयाप्त जानकारी भने थिएन् ।

दुई वर्ष अगाडि भूकम्पसम्बन्धि गीतको भिडियोबाट कलाकारितामा प्रवेश गरेकी कडरियालाई खासै यो क्षेत्रमा चर्चामा नआउनको कारणको विषयमा राखेको एक जिज्ञासामा उनी भन्छिन् – बाहिरबाट देखे बुझे जस्ता सजिलो यो क्षेत्र रहेनछ, साथै प्रर्याप्त जानकारी र प्रर्याप्त तयारीको पनि कमि थियो अनि कला क्षेत्रका केही बिकृत विसंगतीहरुका कारणले पनि खासै सोचेजस्तो रुपमा जम्न सकिएन् जस्तो लाग्छ । हुन त मेरो कलाकारिता सौख मात्र हो तर मुख्य उद्देश्य यो क्षेत्र नभएकोले पनि कलाकर्मी कै रुपमा स्थापित हुन नसकेको हो ।

कलाकारितासंगै संगै साहित्य क्षेत्रमा पनि रुची भएर विभिन्न पत्रपत्रिकाहरुमा केही लेख रचनाहरु समेत प्रकाशित गरिसकेकी कडरिया महिला, परिवार र समाजको विषयमा केन्द्रित उपन्यास प्रकाशनको तयारीमा लागेको बताउँछिन् । राजनीति शास्त्रकै विद्यार्थी उनी कला, साहित्यमा मात्र केन्द्रित नभएर राजनीति र सामाजिक कृयाकलापहरुमा पनि त्यत्तिकै चासो राख्ने महिमा सैद्धान्तिक रुपमा राजनीति पढेबुझेकी उनलाई राजनीतिको विषयमा सोधिएको प्रश्नमा उनी भन्छिन् – नेपालको राजनीति दिक्क लाग्दो, अस्त ब्यस्त, अस्थिरता, विकृत र नैंराश्यताले भरिएको छ तथापि देशको मूलनीति नै राजनीति भएकोले राजनीतिमा त्यस्ता कुरालाई चिरेर देशको हित अनुकुल काम गर्नु जरुरी छ । साथै नयाँ पुस्ताहरु पनि एक पछि अर्काे गर्दै नेतृत्व लिँदै गईरहेको अवस्थाका राजीतिमा लाग्ने सोच के छ त ? भन्ने प्रश्नमा उनी भन्छिन् – उचित र आवश्यक परेको खण्डमा संलग्न पनि हुन सकिने सोचमा छु ।

अहिलेसम्म अविवाहित कडरियालाई प्रेम र विवाहको बारेमो सोधिएको प्रश्नमा उनी भन्छिन् प्रेम त सबैसंग हुन्छ, तर बिवाहसंग सम्बन्धित प्र्रेमचाँहि भावना, सोच, चिन्तन र लक्ष्यसंग सम्बन्धित हुन्छ भन्ने लाग्छ । मेरो बुझाईमा प्रेम त्यो हो, जसमा म परेकै छैन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!