वैज्ञानिक वन व्यवस्थापन

- April 5, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

नवलपरासी। पछिल्लो समय जिल्लामा वैज्ञानीक वन व्यवस्थापनको काम तीव्र रुपमा भइरहेको छ ।
दुम्कीबासको पहँलो भेत्ते सामुदायिक वनबाट वैज्ञानिक वन व्यवस्थापनको काम सुरु गरिएको सहायक जिल्ला वन अधिकृत प्रमोद भट्टराईले जानकारी दिनुभयो ।वन मन्त्रालयले वनलाई व्यवस्थित गरेर उपभोक्तालाई बढीभन्दा बढी फाइदा दिने तथा वन जङ्गललाई हराभर बनाउने उद्देश्यका साथ सो कार्यक्रमको जिम्मा उपभोक्तालाई दिएको उहाँले बताउनुभयो ।वन जङ्गलमा रहेका पुराना रुखलाई हटाएर नयाँ बिरुवा हुर्काउनु कार्यक्रमको उद्देश्य रहेको छ । कार्यालयले उपभोक्तालाई ढलापडा र पुराना रुख काट्न अनुमति दिएको छ । अनुमतिभन्दा बढी रुख कटानी गरे वन ऐन अनुसार कडा कारबाही गरिने भट्टराईले बताउनुभयो ।विसं २०७२ मङ्सिरबाट सरकारले ८० वर्षको कार्ययोजना बनाएर वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना उपभोक्तालाई जिम्मा दिएको हो । एक सय ८४ हेक्टर क्षेत्रफल भएको पहेँली भत्ते सामुदायीक वनले ३० वर्षे योजना बनाएर काम अगाडी बढाएको समितका सचिव देवीप्रसाद सुवेदीले बताउनुभयो । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!