प्रर्दशनीमार्गमा फोटो पत्रकारमाथि पेट्रोल बम प्रहार

- March 28, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ ।  रत्नराज्य लक्ष्मी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका क्रममा फोटो खिच्दै गरेका दुई फोटो पत्रकारमाथि पेट्रोल बम प्रहार भएको छ ।

फोटोपत्रकार क्लब नेपालका महासचिव फोटोपत्रकार श्रीधर पौडेल र क्लबकै सदस्य फोटोपत्रकार केशव थापामाथि लक्षित गरी केही अराजक समूहले मंगलबार आरआर क्याम्पस बाहिर पेट्रोल बम हानेको फोटोपत्रकार क्लबले जनाएको छ ।

यो घटनाबारे फोटो पत्रकार क्लबका उपाध्यक्ष दिपक गाउँलेले मङ्गलबारै एक विज्ञप्ती निकालेर भर्त्सना गरेका छन् । फोटो पत्रकार क्लबका अनुसार ढुंगा प्रहारको फोटो समाचार माध्यममा प्रकाशित भएपछि उनीहरुले फोटो पत्रकारलाई लक्षित गरेर पेट्रोल बम हानेका थिए । यो घटनालाई जनताको सूचना पाउने अधिकारमाथिको प्रहारका रुपमा लिइएको गाउँलेले बताए ।

ुपेट्रोब बम प्रहार गर्ने जो कोही भएपनि छानबिन गरी उसलाई कानूनको दायरमा ल्याइ कारबाही गर्न फोटोपत्रकार क्लब सरकारसँग जोडदार माग गर्दछु, गाउँलेले निकालेको विज्ञप्तीमा भनिएको छ, ुचौथो अंग मानिएको संचार क्षेत्रलाई सूचना सम्प्रेषण गर्न पाउने वातावरण बनाउन पनि सम्बन्धित सबैमा फोटोपत्रकार क्लब आग्रह गर्दछ ।ु


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!