विशाल महादेव मूर्ति निर्माण अभियानमा ऐक्यबद्धता

- February 11, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

पोखरा । कास्कीको पर्यटकीयस्थल पुम्दीकोटमा निर्माणाधीन १०८ फिटको विशाल महादेव मूर्ति निर्माण अभियानका लागि कार तथा मोटरसाइकल ¥यालीकासाथ पोखरेली जनसमुदायले ऐक्यबद्धता प्रकट गरेका छन् ।

मूर्ति निर्माण अभियानलाई साकार पार्ने उद्देश्यका साथ यही फागुन ३ गतेदेखि १३ गतेसम्म पुम्दीकोटमा गर्न लागिएको शिवपूराण महायज्ञको सन्दर्भ पारेर पुम्दीकोट विशाल महादेव मूर्ति निर्माण एवम् पर्यटन प्रवद्र्धन उपभोक्ता समितिको संयोजनमा करिब २५० कार र ३०० मोटरसाइकलसहितको ¥यालीले पोखरा क्षेत्रको परिक्रमा गरेको थियो ।

पोखराको छोरेपाटनबाट सुरु भएको ¥याली विरौटा, ड्यामसाइड, सहिदचोक, फेवाताल, हल्लनचोक, सभागृहचोक, न्यूरोड, चिप्लेढुङ्गा, पृथ्वीचोक, एयरपोर्ट हुँदै स्याङ्जा कास्कीको सीमाना कुभिण्डे पुगी पुनः छोरेपाटन आएर सम्पन्न भएको थियो ।

पर्याप्त पर्यटकीय सम्भावना बोकेर पनि ओझेलमा परेको पुम्दीकोटमा विशाल महादेवको मूर्ति निर्माण गरी पोखराको पर्यटकीय विकासमा टेवा पु¥याउने लक्ष्यका साथ अभियान बढेको जानकारी दिँदै समितिका संयोजक चन्द्रकान्त बरालले मूर्ति निर्माणसहितका लक्षित कार्य सम्पन्न गर्न रु ३५ करोडभन्दा बढी लाग्ने अनुमान गरिएको बताउनुभयो ।

निर्माण अभियान सफल पारी पोखरा मात्र नभएर समग्र राष्ट्रकै पर्यटकीय विकासमा समेत महत्वपूर्ण योगदान गर्ने लक्ष्यका साथ समिति क्रियाशील बनेको बरालले बताउनुभयो । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!