अमृताको लोभलाग्दो प्रतिभा

- June 3, 2014 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं / हुने विरुवाको चिल्लो पात भने झै सानै उमेरदेखि नृत्याङ्गना वनेर कलाकारिता क्षेत्रमा होमिएकी अमृता गुरुङ्गको प्रतिभा देखेर लोभिनेको संख्या कति छ कति । उन्नाइसौं वसन्त पार गरिनसक्दै उनले एक दर्जन म्यूजिक भिडियोमा तिख्खर अभिनय कैद गराइसकेकी उनले म्यूजिक भिडियोका अतिरिक्त जीवनचक्र टेलिफिल्ममा पनि अभिनय गरिसकेकी छन् ।
गोर्खाको भूम्लीचोकमा इन्द्रबहादुर गुरुङ्ग र हुकमाया गुरुङ्गकी कान्छि पुत्रीका रुपमा जन्मीएकी अमृताले डकुमेन्ट्रीमा समेत प्रतिभा कैद गराइसकेकी छन् । आफ्नै रहरले कलाकारिता क्षेत्रमा होमिएकी अमृताले अरुणोदय एकेडेमीबाट प्लस टु सकाएकी छन् । कला क्षेत्रमै जम्ने अठोट लिएकी उनले ठूलो पर्दाका चलचित्रमा चाँडै देखिने तीव्रखवरसँगको भेटमा बताइन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!