सांसद तमाङको तीव्रखबर सम्पादकलाई यस्तो अनुरोध : मेरो तीन पुस्तभित्रको नाममा जग्गा पत्ता लगाउनु तपाईंलाई नै पास गरिदिन्छु

- January 15, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । सिन्धुपाल्चोक– ३ नम्बर क्षेत्रका सांसद शेरबहादुर तमाङले हालै प्रकाशित समाचारबारे आफ्नो धारणा कमेन्ट बक्समा लेखि दिएका छन् । सांसद तमाङलाई पटकपटक फोन सम्र्पक गर्दा उनीसंग सम्र्पक भएको थिएन । तमाङ १२ जुन २०१७ मा लेखे अनुसार आफ्नो तीन पुस्तभित्र कोही कसैको नाममा किउल गाविसमा नभएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन् ‘हे आफ्नो कान नसमाती कागको पछि पछि दगुर्ने मित्रहरु हो, सत्यतथ्य अबुझी तुच्छ वाक्य प्रयोग गर्न अलि ख्याल गर्नुहोला । मेरो नाममा निगाले त के पुरै किउल गाविस मा एक टुक्र जमिन भए यो भ्रम फैलाउनेलाई पास गरिदिन्छु । तिब्र खबर सम्पादक जीलाई मेरो अनुरोध छ, कृपया सिन्धुपाल्चोक जिल्ला मालपोत कार्यालयमा गएर मेरो त के मेरो तीन पुस्तभित्र पनि कसैको नाममा जग्गा पत्ता लगाउनु तपाईंलाई नै पास गरिदिन्छु । यदि सक्नु भएन भने साईवर क्राईम लाग्छ ख्याल गर्नु भएको छ कि छैन ?  स्मरण रहोुस उनले हेलम्बु गाउपालिकाको केन्द्र किउल गाविसको साविकको कार्यालय निगालेमा राख्ने एकल निर्णय गरेकोभन्दै एमालेकै जिल्लाका उच्च नेताले नाम नलेख्ने सर्तमा बताएका थिए ।
सासंद तमाङले सोही बक्समा लेखेका छन्,‘जहाँसम्म हेलम्बु गाउँ पालिकाको केन्द्रको सवाल छ, आयोगले गलत निर्णय गरेको छ । यो अस्थायी हो । मेरो प्रस्ताब हेलम्बु राजमार्ग आसपास नै हो । चिलाउने घारी, सेरा (मेलम्ची खानेपानीको जग्गा), चनौटे, पाल्चोक बेंसी, पिपलचौर, गणेशे बगर, किउल बगर, हल्देबेंसी, तिम्बु जहाँ भएपनी हुन सक्छ । सर्वपक्षीय निर्णय गरेर अगाडि बढौ । म समन्वय गरिरहेको छु । यसै मेसोमा एमालेलाई कमजोर बनाउन सकिन्छ भनेर कसैलाई लागेको भए दिवास्वप्ना नदेखौं । एमालेको मजबुत एकता कसैले तोड्न सक्दैन ।’ भन्दै उनले आफ्नो भनाई लेखेका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!