पुरुषतर्फ नेपाली सेनालाई स्वर्ण

- December 28, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

सुनसरी । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत इटहरी रङ्गशालामा भर्खरै भलिबल प्रतियोगिता सम्पन्न भएको छ । पुरुष भलिबलमा नेपाली सेनाले स्वर्ण पदक जितेको छ भने महिलातर्फको स्वर्ण सशस्त्र प्रहरीले जितेको छ ।
पुरुषतर्फ फाइनल खेलमा नेपाली सेनाले सशस्त्र प्रहरीलाई तथा महिलातर्फ सशस्त्र प्रहरीले मध्यमाञ्चललाई पराजित गर्दै स्वर्ण पदक जितेको हो । पुरुषतर्फ नेपाली सेनाले सशस्त्र प्रहरीलाई २५–२१, २५–१६ र २५–१६ को सोझो सेटमा तथा महिलातर्फ सशस्त्र प्रहरीले मध्यमाञ्चललाई २५–२१, २५–२१ र २५–२२ अङ्कले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!