बिहेलाई कमाउने माध्यम बनाउदैछिन् किम

- May 26, 2014 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

मान्छेले पैसा कमाउनको लागी हरेक प्रकारका हतकण्डाहरु अपनाउने गर्छन् । कोही व्यापार गरेर त कोही आफ्नो चर्चालाई प्रयोग गरेर समेत पैसा कमाउ पछि पर्दैनन्। यसको पछिल्लो उदाहरण बन्दैछिन् चर्चित मोडल किम कार्दशियन । यी हट मोडलको आफ्ना प्रेमी कान्य वेष्टसँग दोश्रो बिहे हुदैछ भने उनले आफ्नो बिहेलाई पनि कमाउने माध्यमको रुपमाप्रयोग गर्दै छिन् । तर बिहेमा कुनै अमुल्य वस्तु उपहार मागेर भने होईन । उनको बिहेको तस्विरहरु खिच्नको लागी मिडियाले १० मिलियन डलर खर्च गर्नु पर्ने भएको छ । उनीहरुले मिडिया सामु राखेको यो प्रस्तावमा अहिले चर्चित मिडियाहरु तछाडमछाड गरेर बोली लगाउन थालि सकेका छन् ।
यसका लागी ग्लोसी म्यागेजिनका संचालकले त किमकी आमा र उनका म्यानेजरसँग यो प्रस्तावमा सम्झौता गर्न कुरा समेत गरिसकेका छन् । तै पनि यो जोडीले चर्चित फेसन म्यागजिन भोगसँग यो सम्झौता गरोस् भन्ने चाहना रखेको बुझिएको छ ।
हट मोड किम कार्दशियन रियालिटी शो मार्फत चर्चित छिन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!