यि संस्था हुन मेलाको नाममा कर छली गर्ने : हस्तकला महासंघ र जुत्ता चप्पल कम्पनी

- November 30, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की

काठमाडौं । सरकार र गैरसरकारी संघसस्थाले विभिन्न नाममा गर्दै आएको मेला महोत्सवबाट करोडौ रुपैयाँ कर छली हुदै आएपनि सम्बन्धित निकायको अझै सम्म ध्यान जान सकेको छै्रन । विद्यमान मुल्य अभिवृद्धि कर (भ्याट)  कर को ऐनलाई समेत बेवास्था गर्दै गरेको मेला महोत्सबकै नाममा कर छली गरेको खुलासा भएको छ । मेलाको नाममा गुणस्तहिन सामानलाई आफु खुशी मुल्य तोकी चर्को मुल्यमा सामाग्री बिक्री गर्दै सरकारदलाई बुझाउनु पर्ने कर र भ्याट समेत छली हुदाँ सरकारले चासो नगरेकै करण राजस्व र कर छलीमा तीब्रता आएको छ ।

१२ महिनानै मेला हुने राजधानीको प्रर्दशनीमार्गमा रहेको भृकुटीमण्डप परिसरमा जारी जुत्ताचप्पल मेला, माछा महोत्सव र हालै सम्पन्न भएको नेपाल हस्तकला महासंघको आयोजनामा भएको हस्तकला मेलाबाट मात्र ५ करोडभन्दाबढी राजस्व र कर छली भएको छ ।
नेपाल सरकार बाणिज्य मन्त्रालय तथा व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रको सहयोगमा नेपाल हस्तकला महासंघले मंसिर १० गते देखि ५ सम्म आयोजना भईरहेको १४ औं हस्तकला व्यापार मेला तथा १२ औं हस्तकला प्रतियोगिताको नाममा मात्र करोडभन्दाबढी राजस्व छदी भएको छ । सरकारी निकायका सचिब र उपराष्ट्रपति नन्दबहादुर पुनबाट उद्घाटन भएको सो मेलाबाट कर छली गर्नेनै बैधानीक बनाई दिएकै कारण सरकारी करको ढुकुटीमा जम्मा हुने रकम नीजि ढुकुटीमा जम्मा भएको छ र
महासंघबाट प्राप्त पछिल्लो विवरण अनुसार ५ दिने मेलाभर १० करोड रुपैयाँभन्दाबढीको आर्थिक कारोबार भएको जनाएको छ । भने २ लाख जनाले अवलोकन गरेकोको दाबी आयोजकको रहेकोछ । मेलाकै नामबाट पछिल्लो पटक कर छली गर्नेमा महासंघका अध्यक्ष धर्मराज शाक्य सहतिको समुह र रनसुज नामको जुत्ता कम्पनीका प्रबन्ध निर्देशक रुद्र न्यौपाने अग्रपंक्तीमा रहेका छन् ।
यसैगरी मेलाको नाममा कर छली गर्दै आएको सदाबहार संस्था हो जुत्ताचप्पल । १२ महिना जासो मेला हुने गरेको जुत्ता चप्पल कम्पनीका मालिकहरुले आफुखुशी जुत्ताचप्पको मुल्य राखी बिक्री गर्दै आएका छन् । बुधबारदेखि जारी भएको राजधानीको भृकुटीमण्डपमा जुत्ता मेलामा ७० प्रतिशतसम्म छुट दिने भन्दै मेला गरेका छन् । सो मेलामा गुणस्तहिन जुत्ताचप्पलहरु रहेको समेत पाईएको छ ।

राजधानीको भृकुटीमण्डपमा पाँचौ बम्पर सेल जुत्ता मेलाको नाम दिएर सुरु गरेको छ । ‘द शुज प्यालेज’ नाममा सोे आयोजनामा गरेका छन् । यससम्बन्धमा मेला आयोजकमध्येका रुद्र न्यौपाने सम्र्पकमा आउन चाहेनन् । यस मेलाको नाममा कर छली गर्ने कम्पनीमा रन शुज, सम्राट शुज, प्यारागन शुज, स्मार्ट शुज, बसिटिजन्स् शुज, कदम शुज, हाइलाइफ शुज, लगायतका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!