फलोअप : बौद्ध धर्मालम्बीहरुको आस्थाको धरोहरमा यस्तो खेल, बौद्ध स्तुपा बन्यो मानव चिहान

- September 14, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । बौद्ध धर्मालम्बीहरुको धार्मिक आस्थाको धरोहर मानिएको बौद्ध स्तुपा यतिवेला मानव चिहानमा पणिरत भएको भन्दै बौद्धमार्गीदेखि विभिन्न संघ/संस्थाहरु चिन्तित बन्न पुगेका छन् ।

प्राप्त समाचार अनुसार बौद्ध धर्मका धर्मालम्बीहरुको अस्थामाथि गम्भिर घातगर्दै बौद्ध स्तुपाको तेह्रवटा खण्डमध्ये एकमा साधारण मानव व्यक्तिकोसमेत अस्तु गाडेपछि बौद्धनाथ स्तुप यतिवेला मानव चिहानमा परिणत भएको हो । चिनियाँ दाताहरुबाट मोटो रकम अशुल्दै दाताहरुको साधारण परिवारको मानव अस्तु पवित्र धार्मिक स्थल बौद्धनाथ स्तुपमा गाड्न थालेपछि बौद्ध अनुयायीहरु यतिबेला बौद्धनाथको संरक्षणको जिम्मा लिएको निकायबाट रुष्ट हुन पुगेका छन् । बौद्ध स्तुपाको संरक्षणको जिम्मा बौद्धनाथ क्षेत्र विकास समितिलाई छ । यहि समितिका पदाधिकारीहरुको मिलेमतोमा मोटो रकम दाताहरुबाट अशुल्दै मानव अस्तु स्तुपामा राख्ने काम भएको बताइएको छ ।

बौद्धनाथ क्षेत्र विकास समितिमा लगभग साढेतिन वर्षअघि अध्यक्षमा नियुक्त भएका सम्पूर्णकुमार लामाको नियुक्तिसंगै बौद्धनाथ स्तुप अध्यक्ष लामाको अवैध आम्दानीको खेलमैदानमा परिणत भएको स्रोतको आरोप छ । अध्यक्ष लामाले गैरधार्मिक, गैरकानुनी गतिविधीहरु गर्दै दाताहरुबाट करोडौं रकम अशुल्दै धामिर्क आस्थाको धरोहरलाई चिहानमा परिणतमात्र गरेका छैनन् । यही स्तुपको संरक्षण एवं विकासका नाममा दाताहरुबाट आउने करोडौं रकममा अनियमितता गर्न समेत तल्लिन रहेको नाम उल्लेख नगर्ने शर्तमा स्रोतले तीव्रखबरलाई बताएको छ । उक्त स्थानमा गाडिएको मानव अस्तुको छानविनको माग गर्दै गुठी संस्थानमा उजुरी समेत परिसकेको छ ।

अध्यक्ष लामाले बौद्ध स्तुपामा मानव अस्तुमात्र गाडेका छैनन् भुकम्पपछिको पुर्ननिमार्णका नाममा दातहरुबाट संकलन भएको दानमा समेत लोभिएर दानमा अनियमितता गरेको बताइएको छ । यसअघि नै सुनको गजुर भएको बौद्ध स्तुपमा सुनको पोलिस लगाउने र पुर्न निर्माण गर्ने भन्दै विभिन्न व्यक्ति, निकाय तथा दाताहरुबाट करोडौं रकम र किलोका किलो सुन संकलन गर्दै आएका छन् । यद्यपि पुर्ननिर्माणमा लाग्ने सम्पूर्ण सुन र लागत खर्च ताई सिनुपा रिम्पोचे नामक लामाले व्यहोरेको भएतापनि समितिमा प्राप्त अन्य दाताहरुको रकम लुकाउने र समितिले नै खर्च गरेको भन्दै लुट् मच्चाउने काममा अध्यक्ष लामा सक्रिय रुपमा लागेको आरोप स्रोतको छ । यसै विषयमा प्रतिकृयाका लागि अध्यक्ष लामासंग सम्पर्क गर्दा साढे सात करोड खर्च भएको र सुन २९ किलो लागेको बताए । बौद्ध स्तुपाका नाममा भएको लुट् अवैध गैरकानुनी कृयाकलापहरुको थप खोजी तीव्रखबरले जारी राखेको छ

यो पनि पढ्नुहोस्

बौद्धनाथको नाममा लामाको यस्तो धन्दा, किलोका किलो सुनदेखि करोडौं रकम झ्वाम


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!