बौद्धनाथको नाममा लामाको यस्तो धन्दा, किलोका किलो सुनदेखि करोडौं रकम झ्वाम

- September 12, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाण्डौं । बौद्धनाथ क्षेत्र विकास समितिका पदाधिकारीहरुले बौद्ध स्तुप निर्माणका नाममा सुनदेखि करोडौं रुपैयाँ अनियमितिता गरेको तीव्रखबरले फेला पारेको छ ।

स्त्ुपमा हुने हरेक विकास निर्माणमा बौद्धनाथ क्षेत्र विकास समितिको प्रत्यक्ष संलग्नतामा हुने गरेको भएतापनि  भूकम्पले बौद्ध स्तुपामा क्षति गरेपछि यतिबेला सो स्तुपाको जिर्णोद्धार भैरहेको छ । पुरातत्व विभागको निरीक्षण तथा अनुगमनमा भैरहेको जिर्णोद्धार गर्ने खर्च ताईसुतु रिम्पोछे गुरुले दान गरेको रकमबाट भैरहेको भएतापनि सो खर्च बौद्धनाथ क्षेत्र विकास समितिले गरेको भन्दै समितिले मोटो रकम झ्वाम पार्ने प्रकृया अगाडि बढाइरहेको बताइएको छ । साथै समितिले विभिन्न शिर्षकमा व्यापक अनियमिता गरेको बौद्धका स्थानीयबासीहरुको आरोवप छ । समितिका अध्यक्ष सम्पूर्ण कुमार लामाको ग्राण्ड डिजाइनमा करोडौं रुपैयाँ अनियमितता भैरहेको बताइएको छ ।

स्रोतका अनुसार गुरु ताइसुतुले आजसम्म अन्दाजी २५/३० केजी सुन र १२ करोड रकम बौद्धनाथ स्त्पको पुर्ननिर्माणमा खर्च भैसकको बताइएको छ । यसरी ताइसुतुले सो खर्च गरेको भएतापनि बौद्धनाथ क्षेत्रविकास समितिले दावी गरेपछि यो दावीलाई स्थानीयबासीले छताछुल्ल बनाएका छन् ।

यता विभिन्न स्वादेशी तथा विदेशी दाताबाट करिब ४/५ केजी सुन तथा १५/२० करोड रकम उठेको रकमबाट यतिबेला जग्गा किन्ने विषय उठेपछि बौद्धबासी विरोधमा उत्रने सुरमा रहेको बुझिएको छ । स्तुपा वरिपरि ढलको पानी चुहिएर दुर्गन्धित हुँदापनि वास्ता नगर्ने, सडक बत्ती नहाल्ने र सरसफाई समेत नगर्ने समितिले त्यत्रो जिर्णोद्धार गरेको सुन्दा स्थानियबासी तीन छक परेका छन् । त्यस्तै जिर्णोद्धार गर्ने भनेर आएको रकम समितिमा जम्मा भएपछि सो रकमबाट जग्गा खरिद गर्ने विषयमा पदाधिकारीबीच कमिशनको कुरा नमिलेपछि विवादले उग्र्ररुप लिएकोे स्रोतको दावी छ ।

स्रोतका अनुसार चिनीयाँ दाताले करोडभन्दा माथिको रकम सहयोग गरेर स्तुपाको गर्वभित्र मानिसको अस्तु राख्ने काम भएको र स्तुपालाई अपवित्र बनाएको भन्दै उजुरी गरेर काम नै रोक्ने प्रयास पनि भैरहेको बुझिएको छ । यसैबीच नयाँ चिनीयाँ लामा भूपतिबज्र लामाले बौद्ध परम्परा अनुसार ठूला औतारी लामाबाट लिनुपर्ने विभिन्न शिक्षा  सिधै ङिमा लामा (सार्की लामा)बाट लिएको विषयले पनि यतिबेला निकै चर्चा पाएको छ । त्यसैगरी भूपतिले कुनै योग साधना र गुफा नबसी दिवंगत भएका व्यक्तिहरुको फोवा गर्ने झिन्सा गर्ने अनि झ्याङवार बाल्ने लगायत विभिन्न पूजा गर्ने अनौठो परम्परा थालनी गरेका कारण बौद्धबासी थप चकित भएको कुरा नाम उल्लेख नगर्ने शर्तमा एक लामाले बताएका छन् । यसै विषयमा समतिका अध्यक्ष सम्पूर्णकुमार लामालाई प्रतिकृयाको लागि सम्पर्क गर्दा सम्पर्क हुन सकेन् । बौद्धनाथ क्षेत्र विकास समिति र बौद्ध घ्याङ गुठीका थप अनियमिततामा तीव्रखबरको खोजी जारी छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!