सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको खर्च झण्डै ३८ करोड

- August 27, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

विराटनगर । पूर्वाञ्चलमा हुन गइरहेको सातौं राष्ट्रिय खेलकुद – २०७३ को तयारी तीव्ररुपमा भइरहेको छ ।

राष्ट्रिय खेलदकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा पूर्वाञ्चलमा मङ्सिर– ८ गतेदेखि १५ गतेसम्म जारी रहने सो प्रतियोगितामा अनुमानित रु ३७ करोड ६८ लाख खर्च हुने बताए ।

प्रतियोगिताको पूर्वाधार तयारी लगायतका कार्यका लागि सरकारले रु २३ करोड निकासा गरिसकेको र बाँकी रकमका लागि माग गरिएको उनले बताए ।

३२ प्रकारका खेलका लागि आयोजित प्रतियोगितामा चार हजार २०० खेलाडीका साथै प्रशिक्षक, व्यवस्थापक र निर्णायक समेत गरी ६ हजार २८६ जनाको सहभागिता रहने उनले उल्लेख गरे ।

पूर्वाञ्चलमा आयोजित यस प्रतियोगिताको उद्घाटन विराटनगरमा हुनेछ भने समापन धरानमा गरिनेछ । यस प्रतियोगितामा मोरङमा ११, सुनसरीमा १३, झापामा पाँच, सिरहा, सप्तरी र इलाम जिल्लामा एक–एकवटा खेलको आयोजना गरिनेछ ।

कतिपय ठाउँमा पूर्वाधार तयारीका काम तीव्रगतिमा भइरहेको र प्रतियोगिता सुरु हुनु अगावै सम्पूर्ण तयारी पूरा हुने सदस्य सचिव विष्टले बताए । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!