स्वाइन फ्लूबाट एक हजार ७५५ को मृत्यु

- August 26, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रियो डे जेनेरो । ब्राजिलमा गएको जनवरी १ बाट अगस्त १३ सम्ममा स्वाइन फ्लूको भाइरस एच१एन१ को सङ्क्रमणबाट एक हजार ७७५ व्यक्तिको मृत्यु भएको छ ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले बिहीबार सो जानकारी दिएको छ ।

उक्त मन्त्रालयद्वारा बिहीबार प्रकाशित तथ्यांकअनुसार यस रोगबाट सन् २००९ यता भएको मृत्युमा यो सबैभन्दा धेरै हो ।

विश्व स्वास्थ्य सङ्गठनले जारी गरको तथ्याङ्कअनुसार ब्राजिलमा सन् २००९ मा २ हजार व्यक्तिको मृत्यु भएको थियो । रासस÷सिन्ह्वा


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!