साँगितीक दुनियाँमा ऋतु र मानवको आगमन

- August 17, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाली कलाकारिता क्षेत्रमा आफ्नो सुन्दर भविष्यको खोजी गर्दै एकपछि अर्को गर्दै प्रतिभाहरुको प्रवेश गर्ने लहर नै चलेको छ । यसैको एक उदाहरण हुन् ऋतु चन्द ठकुरी । नेपालको सुदुर पश्चिम महेन्द्रनगर निवासी चन्द २०६६ सालदेखि

FB_IMG_14712485138469591

साँगितीक दुनियाँमा प्रवेश गरेकी हुन् । उनले गायन र अभिनय दुवै विधामा आफूलाई पोख्त बनाउँदै लगेकी छिन् ।

नले श्रवण माझीको “गुन्द्रुकलाई पकाउनु पर्दैन” बोलको गीतबाट मोडलिङ्गको दुनियाँमा प्रवेश गरेकी हुन् ।

भन्नु मात्र कलाकारिता अरुले प्रतिभा देखाएको हेरेर सहज अनुमान गरिए पनि आफूलाई अझ खारिएको प्रतिभाको रुपमा अगाडी बढाउँने सोच बन्न थाल्यो । अनि उनी अझ परिपक्क तयारी गर्न थालिन् जसको कारणले गर्दा अरुले झैं लगातार प्रस्तुति दिनु भन्दा

FB_IMG_14712540093057216

परिपक्कतामा विस्वास गर्न थालिन् । आफूले रोजेको क्षेत्र कलाकारिता अनि हरेक सिकाईहरुले उनलाई निखार्दै लग्यो । त्यही निखारतामा हराउँदै गर्दा अघिल्लो वर्ष उनले धनसरा खड्काको स्वरमा रहेको तीजको गीत नाँच है पालै पालोमा मुख्य भूमिका निर्वाह गरिन् । जुन गीतमा दिएको प्रस्तुतिले उनलाई आम दर्शक श्रोतामा चिनाउन भूमिका पनि खेल्यो ।

आफ्नो प्रस्तुति देखाउँन प्रायः तीज विशेष संयोग हुने गरेको बताउँने ऋतुले यसपाली भने दुई वटा गीतमा प्रस्तुति दिएकी छिन् । अर्चना स्याङ्वानको स्वर तथा अनिता घलानको शब्द रहेको गीत “झुम्का

FB_IMG_14712539702856955

किनिदिउँला”मा उनले मोडलिङ गरेकी छिन् ।

गायन र अभिनयलाई एकैसाथ अगाडी बढाउँने सोच राखे पनि समयको प्रतिक्षामा रहेकी ऋतु चन्दले यसपाली भने धित मारेर गीत समेत गाएकी छिन् । आफ्नै शब्द र स्वरमा “ढल्की ढल्की नाच्ने” रेकर्ड गराएकी छिन् । उनको उक्त गीतमा मानव रावत क्षेत्रीले उनलाई लय र स्वरमा साथ दिएका छन् । उक्त गीतमा गायिका चन्दले मोडलिङ समेत आफैं गरेकी छिन् । यस गीतले भने आफूलाई अझ दर्शक श्रोता माझमा चिनाउँने विस्वास उनले लिएकी छिन् ।

FB_IMG_14395328574880168

त्यस्तै ऋतु चन्द ठकुरीलाई साथ दिने अर्का प्रतिभा मानव रावत क्षेत्री भने नेपालगंजबाट काठमाडौंमा आएर यस क्षेत्रमा प्रवेश गरेका हुन् । ऋतुसँगै उनको रहर र विधा पनि मिल्ने खालको छ । जसको कारणले गर्दा पनि सँगै प्रस्तुति दिन सफल भउको बताउँछन् मानव ।

२०६५ सालबाट नृत्य अनि गायनलाई सँगसँगै अगाडी बढाएका रावत क्षेत्रीले हालसम्म नेपालका करीब १५ जिल्लाहरुमा गायन र नृत्य प्रस्तुत गरेर प्रसंसा समेत बटुल्न सफल भईसकेका छन् । शुभारम्भका दिनहरुमा अनौपचारिक रुपमा अरु हरुको गीत गाएर दर्शक श्रोताको मन जितेका मानवको औपचारिक काठमाreceived_278761782483558डौं प्रवेश भने २०७१ सालमा भएको हो ।
आफ्नै शब्द अनि राम खड्काको लयमा भाछु धेरै बोल्ने बोलको गीत उनको स्वरमा रेकर्ड भएको पहिलो प्रस्तुति हो । हतार गरेर छिटो छिटो साँगितीक प्रस्तुति दिनु भन्दा पूर्ण तयारीका साथ उपस्थिती जनाउँने सोच बोकेका मानवले

received_482602618578387

 

यसपालीको तीजमा ऋतु चन्द ठकुरीसँग मिलेर गीत प्रस्तुत गरेका छन् । उनीहरु दुईजनाको प्रस्तुति “ढल्की ढल्की नाँच्ने”

साँगितीक दुनियाँको निरन्तरतामा कोशेढुंगा सावित हुने विस्वास दुवै जनाको रहेको छ  ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!